दुवै म्यानचेस्टर क्लब पराजित

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिगमा आइतबार राति दुवै म्यानचेस्टर क्लब पराजित भएका छन् । म्यानचेस्टर सिटी उल्भ्सको हातबाट २–० ले पराजित रह्यो भने म्यानचेस्टर युनाइटेडलाई न्युकासलले १–० ले हरायो ।

गत सिजनको विजेता सिटीको यो हारले शीर्ष स्थानमा लिभरपुलको पकड अझ बलियो भएको छ । लिभरपुल २४ अंकमा शीर्ष स्थानमा छ भने सिटी ८ अंकको दूरीमा दोस्रोमा छ ।


युनाइटेड नौ अंकमा १२ औं स्थानमा छ र यो रेलिगेसन क्षेत्रबाट दुई अंक मात्र माथि हो ।

प्रकाशित : आश्विन २०, २०७६ ०८:०९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बार्सिलोना दोस्रो स्थानमा

एजेन्सी

म्याड्रिड — बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार राति सेभियालाई सजिलै ४–० ले हराएको छ । यो जितपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।

बार्सिलानाको १६ अंक छ । रियल म्याड्रिड १८ अंकका शीर्ष स्थानमा छ । बार्सिलोनाको जितमा लुइस स्वारेज, अरटुरो भिडाल, ओसमन डेम्बेले र लियोनल मेसीले गोल गरे ।


प्रकाशित : आश्विन २०, २०७६ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT