बार्सिलोना दोस्रो स्थानमा

एजेन्सी

म्याड्रिड — बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार राति सेभियालाई सजिलै ४–० ले हराएको छ । यो जितपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।

बार्सिलानाको १६ अंक छ । रियल म्याड्रिड १८ अंकका शीर्ष स्थानमा छ । बार्सिलोनाको जितमा लुइस स्वारेज, अरटुरो भिडाल, ओसमन डेम्बेले र लियोनल मेसीले गोल गरे ।


प्रकाशित : आश्विन २०, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

इन्टरलाई हराएर युभेन्ट्स अगाडि

(एजेन्सी)

मिलान — सब्टिच्युट गोन्जालो हिगुएनको निर्णायक गोल मदतले युभेन्ट्सले इटालीको सिरी ए मा आइतबार राति इन्टर मिलानलाई २–१ ले हरायो । हारले इन्टरको शतप्रतिशत सुरुआत पनि रोकिएको छ ।

खेल सकिन १० मिनेट अगाडि हिगुएनले गोल गरेका हुन् । यो जितपछि इन्टरले अंक तालिकाको शीर्ष स्थान पनि कब्जा गरेको छ । उसको ७ खेलबाट १९ अंक भएको छ ।


इन्टर भने १८ अंकमै सीमित रह्यो ।

प्रकाशित : आश्विन २०, २०७६ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्