कम चर्चाका उत्कृष्ट लेवनडोस्की

(एजेन्सी)

बायर्न — रोबर्ट लेवन्डोस्की टोटनहमविरुद्धको युरोपेली च्याम्पियन्स लिगमा फेरि एकपल्ट छाउन सफल रहे । बायर्नले टोटनहमकै घरेलु मैदानमा प्राप्त गरेको ७–२ जितमा उनले दुई गोल गरे । उनले यस सिजन खेलेका १० खेलमा १४ गोल गरिसकेका छन् । यो सबै खाले प्रतियोगितामा उनले गरेको गोल सख्यालाई जोडेर हो ।

कम चर्चाका उत्कृष्ट लेवनडोस्की

यस्तोमा प्रश्न उठ्छ, के यी पोलिस खेलाडी विश्वकै सर्वाधिक राम्रा फरवार्ड हुन् त ? कि उनी निकै राम्रो खेलाडी भएर पनि कम चर्चा पाइरहेका छन् ?


जर्मन बुंडेसलिगामा उत्कृष्ट खेलाडीको कुनै कमी छैन् । जस्तो, सन् २०१६ मा टिमो आर्वनरले आरबी लेपजिपका लागि अनुबन्ध गरेयता ९९ खेलमा ५५ गोल गरिसकेका छन् । बोर्सिया डर्टमन्डका लागि गत सिजन पाको अल्सेसरले प्रत्येक ९० मिनेटमा एक गोल गरे । तर पनि यिनै खेलाडीको भीडमा पनि लेवनडोस्की सर्वाधिक उत्कृष्ट देखिन्छन् । त्यसैले त उनी जर्मन लिगको पछिल्ला चार सिजनमध्ये तीन अवसरमा उतकृष्ट फरवार्ड चुनिएका छन् ।


वार्नर र एल्सेसरले एकआपसमा जति गोल गरेका छन्, त्यसको भन्दा बढी गोल लेवनडोस्कीको नाममा रहेको छ । उनको खेललाई लिएर सबैभन्दा ठूलो पक्ष के भने उनले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, एक सिजन पछि अर्को सिजन । तर प्रश्न जति धेरै लियोनल मेसी र क्रिस्टियोना रोनाल्डोको हुन्छ, त्यत्तिकै बराबरीका खेलाडी अथवा त्यसको छेउछाउको खेलाडी भएर लेवनडोस्कीले भने किन निकै कम मात्र चर्चा पाउँछन् त ?


कम्तीमा एउटा तथ्यमा के सहमती जनाउन सकिन्छ भने बुंडेसलिगामा पछिल्लो समयका सर्वाधिक उत्कृष्ट फरवार्ड अरू कोही होइन, लेवनडोस्की नै हुन् । यस्तोमा भन्न कर पनि लाग्छ, उनी विश्वकै एक उत्कृष्ट फरवार्ड पनि हुन् । युरोपका सर्वाधिक ठूला ५ लिग हुन्, बंडेसलिगासँगै स्पेनका ला लिगा, इंग्ल्यान्डको प्रिमियर लिग, इटालीको सिरी ए र फ्रान्सको लिग वान । त्यहाँका प्रमुख खेलाडीसँग तुलना गर्दा पनि लेवनडोस्की उत्तिकै राम्रा छन् भनेर दाबी गर्न सकिने ठाउँ छन् ।


लेवनडोस्कीको उति साह्रो चर्चा नहुनुको कारण उनले बुंडेसलिगाकै लागि बढी खेल्नु पनि हुन सक्छ । एउटा ठूलो मान्यता के छ भने चर्चाको शिखरमा पुग्ने हो भने स्पेनतिर खेल्नु पर्छ । त्यस अगाडि इटालीमा खेल्दा पनि त्यस्तो उपलब्धी प्राप्त हुने गथ्र्यो । अचेल इंग्लिस फुटबलले पनि त्यत्तिको हैसियत राख्छ । बुंडेसलिगामा बढी रुमलिएर पनि उनको जति चर्चा हुनु पर्ने हो, त्यति नभएको हो । उनी सन् २०१४ मा बायर्न आएका थिए ।

त्यस अगाडि उनले अर्को जर्मन क्लब बोर्सिया डर्टमन्डका लागि खेल्थे । उनी त्यति साह्रो चर्चामा नरहनुको कारण उनको सालिन व्यक्तित्व पनि उत्तिकै कारण छ । उनी प्राय: विवादमा परिरहन्न् । खालि राम्रो खेल्छन्, बायर्नलाई जिदाउन मदत गर्छन्, अनि चुपचाप । फेरि उनको देश पोल्यान्ड पनि विश्व फुटबलमा उति साह्रो सफल टिम होइन । पोल्यान्ड विश्वकपमै छनोट हुन संघर्ष गर्ने टिम हो । यस्तोमा मार, यिनै लेवनडोस्कीलाई परिरहेको छ ।

प्रकाशित : आश्विन १९, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?