२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

गजेन्द्रले जिते मौलाकालिका दौड

रमेशकुमार पौडेल

चितवन — नारायणगढ लायन्स लियो क्लबले आयोजना गरेको २० औं मौलाकालिका खुला शान्ति दौडको विजेता सिराहाका गजेन्द्र राई बनेका छन् ।

गजेन्द्रले जिते मौलाकालिका दौड

शनिबार नारायणगढको लायन्सचोकदेखि गैंडाकोटको मौलाकालिका मन्दिरसम्मको दूरी २५.४० मिनेटमा पार गर्दै राईले उपाधिसहित १५ हजार रुपैयाँ पुरस्कार हात पारे । त्यस्तै उक्त दूरी २५.५० मिनेटमा पार गरी भोजपुरका सबिन तामाङ दोस्रो भए । तेस्रो भएका जुम्लाका वीरेन्द्र रावलले त्यो दूरी २७.१० मिनेटमा पार गरे । दोस्रो सविनले १० हजार रुपैयाँ र तेस्रो भएका रावलले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।


यस्तै चौथोदेखि दसौं स्थान हासिल गरेका ७ जनाले नगद एक/एक हजार रुपैयाँको सान्त्वना पुरस्कार पाए । उनीहरुलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु का द्वितीय गर्भनर रामप्रसाद भट्टले पुरस्कार प्रदान गरे ।


नारायणगढ लायन्स क्लब र लियो क्लब अफ नारायणगढले प्रत्येक वर्ष फूलपातीको दिन खुल्ला शान्ति दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । देशमा शान्ति र सुख छाओस् भनेर २०५५ सालदेखि दौड प्रतियोगिता सुरु गरिएको आयोजकको भनाइ छ ।

प्रकाशित : आश्विन १८, २०७६ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?