कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आर्सनलको सजिलो जित

एएफपी

पेरिस — आर्सनलका किशोर खेलाडी ग्याब्रिएल मार्टिनेलले गरेको दुई गोल मदतले युरोपा लिगमा बिहीबार राति स्टायन्डर्ड लिगेलाई ४–० ले हरायो  । म्यानचेस्टर युनाइटेडले भने एजे आल्कमारसँग निराशाजक गोलरहित बराबरी खेल्यो  ।

आर्सनलको सजिलो जित

गत वर्षको उप विजेता आर्सनललाई १८ वर्षका मार्टिनेलले १४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

त्यसको दुई मिनेटमै उनले दोस्रो गोल थपे । जुलाइमा आर्सनलसँग आवद्ध भएयता ब्राजिली खेलाडीले दोस्रो पल्ट मात्र सुरुदेखि खेल्ने अवसर पाएका हुन् । उनले लिग कपमा नटिङघम फरेस्टविरुद्धको खेलमा पहिलो पल्ट सुरुदेखि खेल्ने मौका पाएका थिए । आर्सनलका लागि जोए विललक र डानी केबालोसले थप गोल गरे ।

‘आज टिमको प्रदर्शन निकै उच्चस्तरको रह्यो । यो जित हाम्रो लागि निकै महत्त्वपूर्ण रहेको छ,’ आर्सनल रक्षक हेक्टर बेलेरिनले भने, ‘मार्टिनेजले निकै राम्रा खेलाडी हुन् र उनी निकै कडा मिहिनेती पनि छन् । प्रशिक्षकले जे चाहेको छ, त्यसी अनुसार उनले प्रदर्शन गरिहेका छन् । उनको प्रदर्शनमा सबै खुसी छन् ।’

ओले गनर सोल्सारको युनाइटेड भने आल्कमारविरुद्ध फेरि एकपल्ट राम्रो प्रदर्शन गर्न असफल रह्यो । मार्चयता पहिलो घर बाहिरको जित खोजिरकेको म्यानचेस्टरले यसपल्ट पनि विपक्षी टिमको पोस्टमा एकपल्ट पनि आक्रमण बुन्न सकेन् । घर बाहिर उनले खेल जित्न नसकेको १० पुगिसकेको छ ।

प्रकाशित : आश्विन १८, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?