कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विश्वकप फुटबल छनोट : नेपाली टोली अस्ट्रेलियामा

नारायण खड्का

अस्ट्रेलिया — एक सातापछि हुन लागेको विश्वकप फुटबल छनोट खेल खेल्न नेपाली टोली अस्ट्रेलिया आइपुगेको छ । नेपाली फुटबल टिमका म्यानेजर मधुसुदन उपाध्यायको नेतृत्वमा ३२ जनाको टोली बिहीबार बिहान सिड्नी आइपुगेको हो । 

विश्वकप फुटबल छनोट : नेपाली टोली अस्ट्रेलियामा

अस्ट्रेलियाको क्यानबेरास्थित जीआइओ रंगशालामा नेपालले यही १० तारिख बिहीबार अस्ट्रेलियासँग विश्वकप छनौट खेल खेल्दैछ । अस्ट्रेलिया आइपुगेको टोलीमा ९ जना खेल अफिसियलहरु र नेपाली फुटबल टोलीका क्याप्टेन किरण चेम्जोङसहित २३ जना खेलाडीहरु छन् ।

खेल हुनुभन्दा एक साताअघि नै अस्ट्रेलिया आइपुगेको नेपाली टोलीलाई यहाँ रहेको अस्ट्रेलियाली नेपाली फुटबल संस्था (एन्फा) र एनआरएनएका पदाधिकारीहरुसहित न्यू साउथ वेल्सका अवैतनिक महावाणिज्यदूत लगायतले स्वागत गरेका थिए ।


अस्ट्रेलियाको वातावरणमा घुलमिल गराउन र यहाँको स्थानीय रंगशालामा प्रशिक्षण गर्नका लागि नेपाली टोलीलाई यहाँ रहेको एन्फा र एनआरएनए युवा कमिटीले केहीदिन अघि नै बोलाएको हो ।


‘नेपाली टोलीलाई हामीले यहाँ प्रतियोगिता हुनुभन्दा अघि नै अभ्यास गर्न र वातावरण बुझ्न सहज होस भन्ने उद्देश्यले चाँडै बोलाएका हौं ।’ एन्फाका सञ्चार संयोजक इराज थापाले कान्तिपुरसँग भने । उनका अनुसार शुक्रबारदेखि यहाँ आयोजना हुने विभिन्न चरणका प्रशिक्षणमा सहभागी भएर नेपाली टोली ८ तारिख क्यानबेरा जाने कार्यक्रम छ । उनले सो समयका लागि नेपाली टोलीका लागि अभ्यास गर्न र बस्नका लागि उपयुक्त स्थानको ब्यवस्था गरिसकिएको बताए ।


नेपाली खेलाडीहरुले सिड्नीमा नाराबियनमा रहेको सिड्नी एकाडेमी अफ र्स्पोट्समा रहनेछन् भने सोही स्थानमा प्रशिक्षण समेत गर्नेछन् । नेपाली टोलीले प्रशिक्षण लिने उक्त र्स्पोटस एकेडमी यहाँ रहेको उत्कृष्ट र सुविधा सम्पन्न मध्येको तालिम केन्द्र मानिन्छ । नेपाली टोली अस्ट्रेलियामा रहँदा एन्फा र एनआरएनले आयोजना गर्ने गाला डिनरमा समेत सहभागी हुने कार्यक्रम छ ।


राजधानी क्यानबेरामा एकसातापछि हुन लागेको खेलमा नेपाली टोलीलाई समर्थन गर्नका लागि हजारौंको संख्यामा नेपालीहरुको सहभागिता हुनेछ । प्रतियोगिता हेर्नका लागि सिड्नी, मेलबर्न, ब्रिसबन लगायतका स्थानमा रहेका नेपालीहरुले यसपहिल्यै नै टिकट लिइसकेका छन् भने सवारी साधन नहुनेहरुका लागि सिड्नीबाट बसहरुको समेत व्यवस्था गरिएको छ । यसैगरी सिड्नीमा नेपाली जर्सी र झण्डाको बिक्री महिना दिन अघिदेखि नै गरिसकिएको छ ।

प्रकाशित : आश्विन १६, २०७६ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?