१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लिभरपुल र बार्सिलोना विजयी

एजेन्सी

पेरिस — युरोपेली च्याम्पिन्स लिगमा बुधबार राति डिफेन्डिङ च्याम्पियन लिभरपुल र बार्सिलोनाले रोमाञ्चक जित निकालेका छन् । 

लिभरपुल र बार्सिलोना विजयी

एनफिल्डमा भएको खेलमा लिभरपुलले तीन गोलको अग्रता गुमाएयता मोहम्मद सलाहको निर्णायक गोलमा साल्सबर्गलाई ४–३ ले हरायो । समूह ई मा लिभरपुल अझै तेस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा जेन्कले नेपोलीसँग गोलरहित बराबरी खेल्यो । बार्सिलोनाले भने लुइस स्वारेजको निर्णायक गोलमा समूह एफ को खेलमा इन्टर मिलानलाई २–१ ले पराजित गर्‍यो ।


यही समूहमा बोर्सिया डर्टमन्डले स्लाभिया प्रागलाई २–० ले पन्छायो । यस्तै समूह जी मा लियोनले लेपजिपलाई २–०, जेनिथ सेन्ट पिटरसबर्गले बेनफिकालाई ३–१ ले निराश पार्‍यो ।


समूह एच मा चेल्सीले चिलेमाथि २–१ र आयाक्सले भ्यालेन्सियामाथि ३–० को जित दर्ता गर्‍यो ।

प्रकाशित : आश्विन १६, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?