कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रोयल क्लबलाई बेलबारी गोल्डकप

विनोद भण्डारी

(विराटनगर) — भारतको रोयल फुटबल क्लब सिलिगुढी मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी गोल्डकप फुटबलको उपाधि जितेको छ । वर्षाका कारण शनिबार हुन नसकेर मंगलवार सारिएको फाइनलमा सिलिगुढीले धरान फुटबल क्लबलाई ४–१ ले हराउँदै उपाधि हात पारेको हो । सिलिगुढीले ५ लाख र धरानले अढाई लाख रुपैयाँ पुरस्कार पाए ।

रोयल क्लबलाई बेलबारी गोल्डकप

सिलिगुढीले १० औं मिनेटमा आदर्श तामाङको गोलबाट खाता खोलेको थियो । नीरज बस्नेतको थ्रो बललाई धरानका रक्षापंक्तिले क्लियर गर्न चुक्दा आदर्शले पोस्टको दिशा दिएका थिए । पहिलो हाफमा १–० ले अग्रता लिएको सिलिगुढीले ५७ औं मिनेटमा निशान लिम्बुको गोलबाट अग्रता दोब्बर वनायो । खेलको ६९ औं मिनेटमा अमन लिम्बु र ७१ औं मिनेटमा सत्यम् शर्माले गोल गर्दै टिमलाई ४–० को बलियो अग्रतामा अगाडि बढाए ।


४ गोलले पछि परेको धरानले ७४ औं मिनेटमा एक गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो । टोलीका लागि उमेश राईले गोल गरे । खेलको ८० औं मिनेटमा उमेशले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार पोस्ट माथिबाट बाहिरिँदा खेलको अन्तिम मिनेटमा वर्तमान राईको प्रहार पोलमा लागेर फर्किएको थियो । सिलिगुढीले एपीएफ र धरानले मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई हराउँदै उपाधि भिडन्तमा पुगेका छन् ।

फाइनलमा म्यान अफ द म्याच धरानका मनोज राई भए । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता सिलिगुढीका निशान लिम्बु चुनिए । डिफेन्समा नीरज बस्नेत, मिडफिल्ड आदर्श तामाङ र गोलकिपरमा किशोर गिरी उत्कृष्ट भए । उनीहरूले जनही ५ हजार रुपैयाँ पाए ।



प्रकाशित : आश्विन १५, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?