कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सिम्रिक युवा फाइनलमा

कान्तिपुर संवाददाता

रूपन्देही — ३३ औं झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिताको मंगलबार पहिलो सेमिफाइनलबाट सिम्रिक युवा क्लब फाइनलमा पुगेको छ । सिम्रिमले योङ स्टारलाई ४–३ ले पराजित गरेको हो । 

निर्धारित समयमा गोलरहित खेलेपछि टाइब्रेकरमा सिम्रिक बाजी मारेको हो । तिलोत्तमा नगरपालिका–६ कुञ्जालापुरस्थित उमा आधारभूत विद्यालयको मैदानमा जारी प्रतिस्पर्धामा सिम्रिकका गोलकिपर सोजिन गुरुङ म्यान अफ द म्याच घोषित भए ।


बुधबार दोस्रो सेमिफाइनलमा जू एफसी जुगेडी र फर्साटिकर एफसीबीच प्रतिस्पर्धा हुने आयोजक झरना स्पोर्ट्स क्लबका सदस्य ज्ञान थापामगरले बताए ।

प्रकाशित : आश्विन १४, २०७६ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?