ड्रागन क्लबलाई दसैं कप

नारायण खड्का

(अस्ट्रेलिया) — एडिलेड ड्रागन फुटबल क्लबले दसैं कपको उपाधि जितेको छ । पेनाल्टी शुटआउटमा आयोजक एकेएफसीलाई ५–४ ले हराउँदै ड्रागनले ३ हजार डलर पुरस्कार जितेको हो । दक्षिण अस्ट्रेलियामा हरेक वर्ष दसैंको अवसरमा आयोजना गरिने फुटबल प्रतियोगितामा यस राज्यमा रहेका विभिन्न क्लबले भाग लिएका थिए । 

ड्रागन क्लबलाई दसैं कप

दुईदिन चलेको स्पर्धा चार समूहमा वर्गीकरण गरेर खेलाइएको थियो । भेट्रान, बालबालिका र महिलासहितको फुटबल प्रतियोगिता गरिएको थियो । मुख्य स्पर्धाको रूपमा आयोजित प्रतियोगिताको फाइनल निर्धारित समय गोलरहित भएपछि पेनाल्टीमा निर्णय गरिएको हो ।


खुकुरी क्लबले विटाविरा पार्कमा रहेको आफ्नै मैदानमा आयोजना गरेको प्रतियोगितामा २० भन्दा बढी टिमको सहभागिता थियो । आयोजक अध्यक्ष कुमार गुरुङले हरेक वर्ष घटस्थापनाको दिन सम्पन्न गरिने कार्यक्रमले नेपालीलाई दसैंको आभाष दिलाउने र पारिवारिक जमघट गराउने आफूहरूको मुख्य उद्देश्य रहेको सुनाए ।


भेट्रानतर्फ आयोजक खुकुरी क्लबले ब्रदर्स युनाइटेडलाई १–० ले हराउँदै उपाधि जित्यो । विजेता ६ सय डलर र ट्रफी जित्यो । राज्यस्तरीय फुटबल प्रतियोगिता खेल्दै आएको यस क्लबले आफ्नै मैदानका साथै अन्य भौतिक पूर्वाधारसमेत तयार गरिसकेको अध्यक्ष गुरुङले बताए । क्लबका महासचिव राजन लामिछानेले नेपालीको जनसंख्या बढिरहेका कारण यस्ता प्रतियोगिता आयोजना गर्ने गरिएको बताए ।

प्रकाशित : आश्विन १४, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?