कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

उमेश र एस्टर झापा वर्ष खेलाडी

अर्जुन राजवंशी

(बिर्तामोड) — शारीरिक सुगठनका उमेश राई झापा स्पोर्ट्स अवार्ड २०७५ को वर्ष उत्कृष्ट पुरुष खेलाडी भएका छन् । दक्षिण एसियाली च्याम्पियन उमेशले शारीरिक सुगठनकै राम दाहाल र राष्ट्रिय फुटबल टिमका स्ट्राइकर नवयुग श्रेष्ठलाई पछि पारे । उनले यामाहा एक थान मोटरसाइकल प्राप्त गरे । गत वर्ष नवयुगले यो अवार्ड जितेका थिए । 

महिलातर्फ कराँतेकी एस्टर राईले उपाधि जितिन् । एकेएफ क्याडेट च्याम्पियन एस्टरले राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो र भलिबलकी विनिता बुढाथोकीलाई पछि पारिन् । आठौं राष्ट्रियमा स्वर्ण जितेकी एस्टरले यामाहाकै स्कुटर पुरस्कार पाइन् । अघिल्लो दुई संस्करणमा उनी मनोनयनमा परेकी थिइन् ।


उत्कृष्ट युवाको अवार्ड क्रिकेटर अप्सरी बेगमले जितेकी छन् । फुटबलका छिरिङ गुरुङ र ब्याटमिन्टनकी अमिता गिरीलाई पछाडि पारेकी अप्सरीले २५ हजार रुपैयाँ प्राप्त गरिन् । प्रशिक्षकको अवार्ड महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले जितेका छन् । उनले बक्सिङका डम्बर लिम्बु र कराँतेका प्रशिक्षक योगेश राईलाई पछाडि पारे । खड्काले २५ हजार रुपैयाँ थापे । पिपल्स च्वाइसको अवार्ड झापाली फुटबलर कर्ण लिम्बुले जिते । उनले २५ हजार पाए ।


लाइफटाइम एचिभमेन्ट अवार्डबाट धुलाबारीका भलिबल प्रशिक्षक गणेशविक्रम नेम्वाङ सम्मानित भए । उनलाई ३५ हजार प्रदान गरियो । करिब ५ दशकदेखि भलिबलमा आबद्ध नेम्वाङ हाल पनि प्रशिक्षकका रूपमा क्रियाशील छन् । उनी जिखेविसका पूर्वअध्यक्ष हुन् । ०६६ सालमा स्थापित नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा अवार्ड गर्दै आएको छ ।


प्रकाशित : आश्विन १४, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?