२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

कोषाध्यक्ष सिंहको प्रभाव

कान्तिपुर संवाददाता

काठमाडौँ — चतुरबहादुर चन्द प्यानलको ठूलो मतान्तर जितमा एक प्रतिनिधिको ठूलो भूमिका थियो । त्यो अरु कोही नभएर कोषाध्यक्ष रोशनकुमार सिंह हुन् । उनले निर्वाचनमा ५९ मध्ये सबैभन्दा बढी ४५ मत पाएका थिए । उनी १८ वर्षयता महोत्तरी जिल्ला क्रिकेट संघका अध्यक्ष छन् । त्यसअघि जिल्लाका कप्तान थिए ।

कोषाध्यक्ष सिंहको प्रभाव

उनको क्यानमा तेस्रो कार्यकाल हुनेछ । पाण्डेले आफ्नो कार्यकालको बीचमा सिंहलाई सदस्यको रूपमा ल्याएका थिए । त्यसपछि उनी अर्को कार्यकालमा सदस्यमै निर्वाचित भए । केही अघिसम्म उनी पाण्डे समूहकै भनेर चिनिन्थे ।

उनको पहिलो प्रभाव प्रदेश २ को निर्वाचनमा देखिएको थियो । उनकै नेतृत्वमा भएको गठनबन्धनमा बाराबाहेक अन्य सात जिल्ला एक ठाउँमा उभिएको थियो । त्यसले उनलाई अझ महत्त्वाकांक्षी बनायो र उनले कोषाध्यक्षको दाबी गरे । यसले चन्द प्यानलमा केही विचलन ल्यायो । चन्दले आफ्नो प्यानलको कोषाध्यक्ष स्वीकारेपछि सिंह विपक्षमा उभिएकाहरू आफैं मत्थर हुन पुगे ।

सिंहले यसो गर्नुका पछाडि प्रदेश २ को १२ मध्ये १०-११ भोट आफ्नो पक्षमा रहेको दाबी गर्नु थियो । त्यसबाहेक उनलाई प्रदेश ५ का युवा प्रतिनिधि प्रशान्त मल्ल र प्रदीप मजगैंयालगायतको साथ रह्यो । अध्यक्ष चन्दलाई चतुर खेलाडी भनिन्छ । उनले सिंहको प्रभाव देखिसकेका थिए । अन्यथा भोटमा तलमाथि पार्ने अड्कल उनको थियो । सिंह आफू एक्लोभन्दा पनि टिमकै एकताका कारण सबै सफल भएको बताउँछन् ।

प्रकाशित : आश्विन १३, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?