३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

झरीले बेलबारी गोल्डकपको फाइनल स्थगित

कान्तिपुर संवाददाता

विराटनगर — तीन दिनदेखिको झरीले शनिबार हुने भनिएको बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल स्थगित भएको छ ।

डाँगीहाट युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको उपाधिका लागि धरान फुटबल क्लब र भारतको रोयल फुटबल क्लबबीच प्रतिस्पर्धा हुने तय थियो । खेल भइरहेको लक्ष्मी खेल मैदान वर्षाका कारण जलमग्न भएकाले फाइनल स्थगित गरिएको हो । अब मंगलबार खेलाइने आयोजकले जनाएको छ ।


प्रकाशित : आश्विन ११, २०७६ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?