कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

धरान उपाधि नजिक

विनोद भण्डारी

(विराटनगर) — धरान फुटबल क्लब बुधबार तेस्रो लक्ष्मीमार्ग बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ  । मदन भण्डारी स्पोटर्स एकेडेमी काठमाडौलाई २–१ ले पन्छाउँदै धरान उपाधि नजिक पुगेको हो  ।

धरानले एपीएफ र रोयल क्लब सिलीगुढीबीचको विजेतासँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । धरानबाट पहिलो गोल पाँचौं मिनेटमा वर्तमान राईले रिबाउन्डमा आएको बलमा गरेका थिए । उनैले हानेको प्रहार एकेडेमीका गोलकिपर रोहित कार्कीले पन्ज गरेर फर्काए । त्यसमै अनमार्क रहेका वर्तमानले दोस्रो प्रयासमा गोल गरे ।

धरानका कर्ण लिम्बुले ८० औ मिनेटमा दोस्रो गोल गरे । एकेडेमीका सुशान्त तामाङले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए । उनले जीवन धामीको पास सदुपयोग गर्दै वान टचमै गोल गरेका थिए । ११ औं मिनेटमा सुशान्त तामाङ वान भर्सेस वानमा चुक्दा एकेडेमीले सुरुआतमै खेलमा फर्कने अवसर गुमायो । ४३ औं मिनेटमा जीवन धामीको पासमा राजीव पहारीको प्रहारले पोस्टको दिशा नलिँदा पहिलो हाफमा एकेडेमीले खेलमा फर्कने अवसर गुमाएको हो ।

७३ औं मिनेटमा एकेडेमीका जय गुरुङको प्रहार बचाउँदै धरानका गोलरक्षक लक्की कार्कीले टिमको संकट टारेका थिए । ८९ औं मिनेटमा भूषण सुब्बाको प्रहारलाई पनि गोलकिपर लक्कीले उत्कृष्ट बचाउ गर्दै टिमको जित पक्का गरे । खेलमा धरानका रोशन भुजेल म्यान अफ द म्याच हुँदै ५ हजार रुपैयाँ हात पार्न सफल भए । बिहीबार दोस्रो सेफिाइनलमा एपीएफ र रोयल क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफले झापा ११ र रोयलले नेपाल पुलिसलाई हराएको थियो ।

प्रकाशित : आश्विन ९, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?