साफ यू–१८ च्याम्पियनसिप : भारत समूह विजेता

काठमाडौँ — भारत हल्चोकमा भइरहेको साफ यू–१८ च्याम्पियनसिप २०१९ मा बुधबार श्रीलंकालाई ३–० ले पराजित गर्दै गोलाप्रथाबाट समूह ‘बी’ विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । अब भारतले फाइनल प्रवेशका लागि माल्दिभ्सविरुद्ध खेल्नेछ । अर्को सेमिफाइनलमा भुटान र बंगलादेश भिड्नेछन् ।

यो उमेर समूहमा दक्षिण एसियामा पहिलोपल्ट च्याम्पियन बन्ने अभियानमा रहेको भारतले तीनै गोल दोस्रो हाफमा गरेको थियो । गुरकिरात सिंहले ६५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले इन्ज्युरी समयको दोस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । तेस्रो गोल पनि इन्ज्युरी समयमै भयो । यो गोल पाँचौं मिनेटमा अमन क्षत्रीले गरे ।


भारतले पहिलो खेलमा बंगलादेशविरुद्ध गोलरहित खेलेको थियो भने बंगलादेशले श्रीलंकालाई ३–० ले हराएको थियो । अंक (४–४) र गोलअन्तर बराबर भएपछि गोलाप्रथाबाट भारत समूह ‘बी’ को शीर्षस्थानमा रह्यो । बंगलादेश समूह उपविजेता भयो ।


बंगलादेशले समूह ‘ए’ को विजेता भुटानविरुद्ध फाइनल पुग्नका लागि खेल्नेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ । अघिल्ला दुवै संस्करणको च्याम्पियन नेपाली टिम माल्दिभ्सविरुद्ध गोलरहित बराबरी र भुटानविरुद्ध ३–० को हारसँगै समूह चरणबाटै बाहिरियो ।

प्रकाशित : आश्विन ८, २०७६ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?