साफ यू–१८ च्याम्पियनसिप : डिफेन्डिङ च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरियो, इतिहासकै खराब नतिजा

राजु घिसिङ

काठमाडौँ — अघिल्ला दुवै संस्करणमा च्याम्पियन भएको नेपाली युवा टिम हलचोकमा भइरहेको साफ यू–१८ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । भुटान र माल्दिभ्सले मंगलबार गोलरहित खेल्दै सेमिफाइनल यात्रा तय गरेपछि नेपालले इतिहासकै सबभन्दा खराब नतिजा बेहोरेको हो ।

साफ यू–१८ च्याम्पियनसिप : डिफेन्डिङ च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरियो, इतिहासकै खराब नतिजा

६ देश सहभागी रहेको प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्सविरुद्ध १–१ को बराबरी गरेको थियो । त्यसपछि भुटानविरुद्ध ३-० को लज्जास्पद हार बेहोर्‍यो । त्यसैले मंगलबार भुटान र माल्दिभ्सले बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । नेपाललाई सेमिफाइनल पुग्नको लागि भुटानले माल्दिभ्सविरुद्ध कम्तीमा तीन गोल (गोल बराबरी भएमा कार्डको हिसाबमा वरीयता निर्धारण हुने) वा चार गोलको जित हासिल गर्नुपर्ने थियो ।


सन् २०१५ मा सातदोबाटोमा भएको साफ यू–१९ प्रतियोगिताको फाइनलमा भारतलाई टाइब्रेकरमा हराएर नेपाली टिम च्याम्पियन भएको थियो । ‘राउन्ड रोबिन लिग’को आधारमा भुटानमा भएको दोस्रो संस्करण (२०१७) अंक बराबरी भएपनि गोल अन्तरमा बंगलादेशलाई पछाडि पार्दै नेपालले उपाधि रक्षा गरेको थियो ।


हलचोकमा भइरहेको तेस्रो संस्करणमा भुटान ४ अंकसहित समूह ‘ए’मा विजेता र माल्दिभ्स (२ अंक) उपविजेता भए । अर्को समूहमा भारत र श्रीलंकावीच बुधबार हुने खेलले सेमिफाइनल समीकरण तय गर्नेछ । पहिलो खेलमा श्रीलंकालाई पराजित गरेकोे बंगलादेशले भारतस“ग बराबरी खेल्दै अन्तिम चारको यात्रा निश्चित गरिसकेको छ ।

प्रकाशित : आश्विन ७, २०७६ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?