कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हाम्रो पूर्वाञ्चलको तयारी

अर्जुन राजवंशी

(बिर्तामोड) — झापामा हुने यो सिजनको पहिलो गोल्डकप हाम्रो पूर्वाञ्चल गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

असोज ११ देखि १८ सम्म बिर्तामोडमा हुने गोल्डकपमा दुई भारतीयसहित ८ टिमले भाग लिने आयोजक जायोन स्पोर्ट्स क्लबले जानकारी दिएको छ ।


सोमबार पत्रकार सम्मेलन गरी गोल्डकपमा ‘ए’ डिभिजनका ४ तथा मोफसल र भारतीय २–२ टिमको सहभागिता निश्चित भएको क्लबका सचिव महेन्द्र पाण्डेले बताए । गोल्डकपमा त्रिभुवन आर्मी, थ्रीस्टार, नेपाल पुलिस, संकटा क्लब, झापा–११ र गोर्खा ब्वाइज रूपन्देही तथा भारतीय टिम सिक्किमको आक्रामक फुटबल क्लब र आसामको मौलवी युथ क्लबले भाग लिनेछन् ।


उद्घाटन खेलमा संकटा र सिक्किमको आक्रामक फुटबल क्लबबीच प्रतिस्पर्धा हुने क्लबका प्रवक्ता अविनाश राईले बताए । गोल्डकप बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेलको म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द फाइनलले २५ हजार रुपैयाँ प्राप्त गर्ने प्रवक्ता राईले बताए ।


गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान गरी ८ विधामा पुरस्कार दिइने जनाइएको छ । सर्वोत्कृष्टबाहेक विधागत विजेताले जनही १५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्टको पुरस्कार तय भइनसकेको राईले बताए ।


डोमालाल राजवंशी रंगशालामा ८ हजार दर्शक क्षमताको बाँसको प्यारापिट निर्माण गरिएको छ । दुई महिनादेखि नियमित रूपमा रंगशालाको मर्मतसम्भार गरिरहेको राईले बताए ।

गोल्डकप सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । आयोजकले ४० प्रतिशत रकम टिकट बिक्रीबाट संकलन गर्ने लक्ष्य राखेको छ ।


प्रकाशित : आश्विन ७, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?