कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रियलले जित्दा जिदानलाई राहत

(एएफपी)

म्याड्रिड — रियल म्याड्रिडले आफ्ना प्रशिक्षक जिनेदिन जिदानमाथिको दबाब कम गर्ने क्रममा आइतबार राति स्पेनी ला लिगामा लयमा रहेको सेभियालाई १–० ले हरायो । च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनविरुद्धको हारपछि यो जित प्राप्त भएको हो ।

रियलले जित्दा जिदानलाई राहत

केरिम बेन्जेमाले हेडबाट खेलको एक मात्र निर्णायक गोल गरे र यससँगै लिगमा सेभियाको अराजित यात्रा पनि समाप्त भएको छ । हारले सेभियाको शीर्ष स्थानमा उक्लने अवसरमा पनि धक्का लागेको छ ।


यसको ठीक विपरित रियल भने शीर्ष स्थानमा रहेको एथलेटिको बिलबाओसँगै अंक बराबरी गर्न सफल भएको छ । मार्चमा जिदान आएयता रियलको यो अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन मानिएको छ ।

प्रकाशित : आश्विन ६, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?