पुराना खेलाडीलाई सम्मान गरिने

काठमाडौँ — उज्ज्वल–तारा स्कुलले पुराना धावक जितबहादुर केसी र धाविका विमला रानामगरलाई ‘उज्ज्वल–तारा सम्मान २०७६’ बाट सम्मान गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका– ९मा रहेको विद्यालयका संस्थापक सल्लाहकार विष्णु कार्कीले असोज ११ गते शनिबार काँडाघारीमा हुने दौड प्रतियोगिताका अवसरमा पुराना खेलाडीलाई नगदसहित सम्मान गर्ने घोषणा गरे । दुवैले जनही ११ हजार १ सय ११ रुपैयाँ पाउने छन् ।

तेस्रो उज्ज्वल तारा दसैं रन फर गुड हेल्थ’ को तयारीबारे शनिबार आयोजित छलफल कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृवमा निर्माण हुन लागेको बालरोग अस्पतालका लागि उज्ज्वल तारा स्कुलले ५ लाख प्रदान गर्ने पनि घोषणा गरिएको छ । विद्यालयकी प्रिन्सिपल सम्झना पोखरेलले दौडको उद्देश्यबारे प्रकाश पारेकी थिइन् । केटाकेटीदेखि ६० वर्षभन्दा माथिकालाई समेत सहभागी गराउने उद्देश्यले हुने दौडमा विभिन्न १६ विधा रहनेछ ।


प्रकाशित : आश्विन ५, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?