पालुङ च्याम्पियन

हेटौंडा — पाँचौ संस्करणको केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबलको उपाधि थाहा नगरपालिकाको पालुङले जितेको छ ।

पालुङ च्याम्पियन

हटिया स्पोर्ट्स एकेडेमीको आयोजनामा हेटौंडा–१७ स्थित हटियामा भएको फाइनलमा पालुङले वज्रबाराहीलाई २५–२३, २५–२१, २६–२४ को सेटमा पराजित गर्‍यो । विजेताले ८० हजार र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार पाए । विजेताका सविन कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए । पालुङका सुशील लो उत्कृष्ट सेटर, किरण गिरी उत्कृष्ट ब्लकर र शंकर कार्की उत्कृष्ट प्रशिक्षक घोषित भए । बज्रबाराहीका बलराम सुवेदी उत्कृष्ट स्पाइकर भए । सबैले नगद पुरस्कार पाए ।


प्रकाशित : आश्विन ५, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?