कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्टर शीर्ष स्थानमा

एएफपी

मिलान — रोमेलो लुकाकुले शनिबार इन्टर मिलानलाई सिरी ए को शीर्ष स्थान पुग्न मद्दत गरे । उनको गोलको मद्दतले इन्टरले छिमेकी एसी मिलानलाई २–० ले हरायो र लिगमा आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राख्यो ।

लुकाकुसँगै इन्टरका लागि मार्सेलो ब्रोजोभिचले गोल गरे । इन्टरको चौथो खेलमा चौथो जित हो । उसलाई दोस्रो स्थानमा रहेको युभेन्ट्माथि दुई अंकको अग्रता प्राप्त छ ।


युभेन्ट्सले अर्को खेलमा भेरोनालाई २–१ ले हरायो । त्यसमा युभेन्ट्सका लागि आरोन राम्सीले डेब्यु गोल गरे भने क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट दोस्रो गोल थपे ।


प्रकाशित : आश्विन ५, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?