कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

बार्सिलोनालाई हराएर ग्रेनेडा शीर्षमा

एएफपी

म्याड्रिड — बार्सिलोनाले आफ्नो पुराना र नयाँ सबै स्टार खेलाडी उतारे पनि शनिबार राति स्पेनी ला लिगामा ग्रेनेडासँग २–० को हारबाट जोगिन सकेन । पूर्णतः फिट हुन बाँकी लियोनल मेसी र अन्सु फाटी वेञ्चबाट आएर खेले ।

बार्सिलोनालाई हराएर ग्रेनेडा शीर्षमा

ग्रेनेडाले भने रोमन एजिजको गोलले अग्रता लिएको थियो । अरटुरो भिडालले बल ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा अल्भारो भाडिलोले दोस्रो गोल थपे ।


यो नतिजापछि बार्सिलोनाले लिगको सुरुआती पाँचमध्ये दुई खेलमा मात्र जित निकाल्न सकेको छ । अहिलेको हार भने लिगमा दोस्रो हो । कुल सात अंकमै सीमित बार्सिलोनाको यो सन् १९९४ यता सबैभन्दा खराब सुरुआत हो ।


यो जितपछि भने ग्रेनेडा लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । त्यस अगाडि एटलेटिको म्याड्रिड र सेल्टा भिगोले गोलरहित बराबरी खेलेको थियो ।

प्रकाशित : आश्विन ५, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?