बर्नमाउथ तेस्रोमा

एएफपी

साउथह्याम्पटन — बर्नमाउथले शुक्रबार राति इंग्लिस प्रिमियर लिगमा आफ्नो दक्षिण तटीय प्रतिद्वन्द्वी साउथह्यँम्पटनलाई ३–१ ले हराएर तेस्रो स्थानमा उक्लेको छ ।

पहिलो हाफमा नथान एके र ह्यारी विल्सनले गोल गरेपछि सेन्ट मेरिजमा भएको खेलमा एडी होवेको टिमले पूर्णतः वर्चश्व राख्यो । जेम्नस वार्डको पेनाल्टी साउथह्याम्पटनले गोल अन्तर घटाएपनि कलम विल्सनले बर्नमाउथका लागि तेस्रो गोल थपे ।


लिगको नयाँ सिजनमा बर्नमाउथको यो तेस्रँे जित हो । यस्तै बर्नमाउथले साउथह्याम्पटनको मैदानमा जित हात पारेको १६ खेलको प्रयासयता पहिलो हो ।

प्रकाशित : आश्विन ४, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?