कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपेशको अग्रता

काठमाडौँ — फिडेमास्टर रुपेश जैसवालले दोस्रो नमुना बौद्ध मार्स्टस चेस प्रतियोगिताको बिहीबार पाँचौं चरणको खेल सकिँदा एक्लो अग्रता बनाएका छन् । 

रुपेशले क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई हराए । त्यसअघि चौथो चरणमा प्रेमकृष्ण महर्जनलाई माथ दिएका उनल साढे ४ अंक बटुलेका छन् । पूर्व राष्ट्रिय च्याम्पियन सूरवीर लामा, राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं, क्यान्डिडेट मास्टर भूपेन्द्र निरौला, थापाथली चेस पार्कका आशिष फुँयाल र गजुरमखी चेस क्लबका राजन सुवेदी ४–४ अंकसहित दोस्रो स्थानमा छन् । चौथो चरणमा फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठसँग बराबरी खेलेका सुरवीरले पाँचौंमा सुमन लामालाई माथ दिए ।


पुरुषोत्तमले निकेन कुसथालाई हराए भने भूपेन्द्रसँग बराबरी खेले । भूपेन्द्रले क्यान्डिडेट मास्टर कृष्ण थापालाई हराए । अग्रता लिएर खेल सुरु गरेका आशिष भने नवीन तण्डुकार र सुमित पन्तसँग बराबरी खेल्न बाध्य भए । राजन सुवेदीले क्यान्डिडेट मास्टर भगवतीप्रसाद शर्मा र फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठविरुद्ध जित पाए ।


प्रकाशित : आश्विन ३, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?