सोल्टीलाई सेलेब्रेसन कप

काठमाडौँ — आयोजक सोल्टी होटलले सोल्टी सेलेब्रेसन कप इन्टर होटल फुटसल प्रतियोगिता जितेको छ । सोल्टी ‘ए’ ले बिहीबार कुमारी फुटसल पकनाजोलमा भएको फाइनलमा र्‍याडिसन होटललाई ७–२ ले पराजित गर्‍यो । तेस्रो स्थानका लागि भएको खेलमा अकामा होटलले पार्क भिलेजमाथि पेनाल्टी शुटआउटमा बाजी मार्‍यो ।

सोल्टीलाई सेलेब्रेसन कप

विजेता सोल्टीले २ लाख रुपैयाँ र ट्रफी जित्यो । उपविजेता र्‍याडिसनले १ लाख र तेस्रो भएको अकामाले ५० हजार पाए ।


अकामाका गणेश खड्का र र्‍याडिसनका दीपेश केसी संयुक्त उच्च स्कोरर बन्दै १० हजार जित्न सफल भए । दुवैले समान १० गोल गरे । सहभागी टोलीलाई विभिन्न समूहमा राखेर त्यसपछि क्वाटरफाइनलमा खेलाइएको थियो ।







प्रकाशित : आश्विन ३, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?