१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपोलीसँग लिभरपुल पराजित

एजेन्सी

काठमाडौँ — युरोपेली च्याम्पियन्सको नयाँ सिजनको समूहगत लिग चरणका खेल मंगलबार राति सुरु भएका छन् । पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन लिभरपुल पराजित भएको छ । उसलाई नेपोलीले २–० ले पराजित गर्‍यो ।

नेपोलीसँग लिभरपुल पराजित

समूह ई को खेलमा इटालीको सिरी ए क्लबका लागि ड्रिस मार्टेन्स र फर्नान्डो लोरेन्टले गोल गरे । सन् १९९४ मा त्यति बेलाको विजेता एसी मिलानले पनि आफ्नो सुरुआती खेल गुमाएको थियो ।


त्यसयता योर्गन क्लोपको लिभरपुल त्यस्तै हार बेहोर्ने पहिलो टिम बनेको छ । यसै समूहको अर्को खेलमा साल्जबर्गले जिन्कलाई ६–२ ले हरायो ।


यस्तै समूह एफ मा इन्टर मिलान र स्लाभिया प्रागले १–१ तथा बोर्सिया डर्टमन्ड र बार्सिलोनाले ०–० को बराबरी खेले । समूह जी मा लियोन र जेनिथ सेन्ट पिटसबर्गले १–१ को बराबरीमा चित्त बुझाए ।

त्यही समूहमा बेनफिका लेपजिपसँग २–१ ले पराजित रह्यो । समूह एच मा भने आयाक्सले लिलेलाई ३–० तथा भ्यालेन्सियाले चेल्सीलाई १–० ले पन्छायो ।


प्रकाशित : आश्विन १, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?