एसियन टेबलटेनिस : नेपाली टिमलाई सफलता

काठमाडौँ — इन्डोनेसियाका जाभा टापु योग्यकर्तामा भइरहेको २४ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा नेपाली महिला टिम (१९–२४ वरीयता) फाइनल पुगेको छ । 

एसियन टेबलटेनिस : नेपाली टिमलाई सफलता

नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवालसम्मिलित नेपाली टिमले लिगकम नकआउटका आधारमा जोर्डन र तुर्कमेनिस्तानलाई समान ३–० गेमले हराएर फाइनल तय गरेको हो ।


नेपालले फाइनल चरणमा आयोजक इन्डोनेसियासँग खेल्नेछ । नेपालले जित हात पारे १९ औं वरीयताप्राप्त गर्नेछ । इन्डोनेसियाले बंगलादेश र माल्दिभ्सलाई हराएर नेपालविरुद्धको भिडन्त तय गरेको हो । महिला टिमतर्फ ‘ड्र’ हुँदा नेपाल २३ औं स्थानमा थियो ।

नविताले जोर्डनकी अबो–यमनलाई ११–६, ९–११, ९–११, ११–६, ११–५ ले हराइन् भने एलिनाले अल–वेडियन बारालाई ११–८, ११–५, ११–८ ले पराजित गरेकी हुन् ।


सिक्काले भने अलदम्सी याराविरुद्ध ११–७, ११–६, १३–११ को नतिजा निकालिन् । तुर्कमेनिस्तानसँग ३–१ ले पराजित हुँदै नविताले एक खेल ३–० को सेटमा जितिन् भने एक खेल ३–२ सेटले हारिन् । आफ्नो प्रतिद्वन्द्वीलाई नविताले ३–२ सेट र सिक्काले ३–० को सेटमा हराइन् । नेपालले लिग चरणमा मकाउ र इरानमाथि समान ३–० कै अन्तरमा जित पाएको थियो ।


नेपाली पुरुष टिमले समूह चरणमा तुर्कमेनिस्तानमाथि ३–१ को जित निकाल्यो । त्यसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका थिए भने अमरलाल मल्ल पराजित भए । मेन्स टिम इभेन्टकै अर्को खेलमा नेपाली टिम थाइल्यान्डसँग ३–० ले पराजित भएको थियो ।


सोमबारै १५–२२ औं पोजिसनका लागि भएको खेल नेपाली टिम जोर्डनसँग ३–० र कुवेतसँग ३–१ ले पराजित भएको छ । मंगलबार नेपालले यूएईसँग खेल्नेछ । यो खेल जिते नेपाल २१ औं वरीयतामा हुनेछ । प्रतियोगिताका लागि ‘ड्र’ हुँदा नेपाली पुरुष टिम २६ औं वरीयतामा थियो ।

प्रकाशित : भाद्र ३१, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?