१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

क्यानको साधारणसभा असोज १० र ११ मा, गाँठो फुक्ने सम्भावना बढ्दै

विनोद पाण्डे

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा मार्फत असोज १० र ११ गते निर्वाचन हुने भएको छ । सोमबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतिनिधिहरूसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालसँगको बैठकपछि क्यानको निर्वाचनको नयाँ मिति आएको हो ।

क्यानको साधारणसभा असोज १० र ११ मा, गाँठो फुक्ने सम्भावना बढ्दै

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भनी आईसीसीले २०७३ को वैशाख देखि क्यानलाई निलम्बन गर्दै आएको छ । नेपाली क्रिकेटलाई नयाँ ढंगले ब्युँत्याउनेक्रममा आईसीसीले सल्लाहकार समिति र स्वतन्त्र समितिबाट नयाँ विधानमार्फत क्यानको निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो, जस अनुसार अर्को शनिबार क्यानको निर्वाचन हुने कार्यक्रम थियो ।

क्यान निर्वाचन– 'भाइरस ननिस्किए विवाद समाधान’

आईसीसीले सल्लाहकार समिति र स्वतन्त्र समितिबाट नयाँ विधानमार्फत हुन लागेको क्यानको निर्वाचनमा परिषद्को सहमति नलिएको, राखेपको निर्वाचन समिति नराखेको र निर्वाचनका लागि २१ दिन सूचना प्रकाशित नगरेकोमा परिषद् सदस्य सचिव सिलवालले आपत्ति जनाएका थिए । स्वतन्त्र समितिको कानुनी सल्लाहकार मार्फत असोज ३ र ४ गते साधरण सभा हुने सुचना निकालिएपछि राखेपले त्यसमा विमति जनाएको थियो ।


‘आईसीसी र राखेप दुवै पक्ष सहमति भएका छौं, घटस्थापनाको अघिल्लो दुई दिन अघि साधरणसभा हुनेछ । भोलि (मंगलबार) स्वतन्त्र समितिले सूचना जारी गर्नेछ । आईसीसी र परिषद्ले क्यानको निर्वाचन गर्नेछ,’ सिलवालले भने, ‘मेरो भूमिका भनेको निर्वाचनमा प्रतिस्पर्धी सबैलाई सर्वसम्मत गराउनु हुनेछ । त्यो नभए प्रजातान्त्रिक हिसाबमा जो आए पनि स्वीकार हुनेछ ।’

क्यान निर्वाचनमा अन्योल थपिँदै

सोमबार बिहान साढे दश बजेदेखि सोल्टी होटलमा सिलवालसहित आईसीसीका कार्यबहाक प्रमुख इमरान ख्वजा र प्रतिनिधि अमर शेखको बैठक बसेको थियो । ‘निर्वाचनमा केही समस्या देखिन्न । स्वतन्त्र समितिले जे गरेको छ राम्रो गरेको छ । निर्वाचनको विषय स्थानीय पाटो हो,’ ख्वाजाले भने, ‘तर स्वतन्त्र र निष्पक्ष हुनु पर्नेछ । क्यानको निर्वाचन प्रजातान्त्रिक हिसाबमा हुने विश्वास लिएको छु । परिषद स्थानीय अभिभावक संस्था भएकाले त्यसको जिम्मेवारी लिनेछ । हाम्रो सवै देशमा स्थानीय तहसँग सम्मानित सम्बन्ध रहेको छ ।’


उनले अक्टोबर १२ र १३ मा बस्ने आईसीसीको बैठकले क्यानको गाँठो फुकाउने पनि आशा लिए । ‘अक्टोबरमा आईसीसीको बैठकमा क्यानको पछिल्लो अवस्था बारे राख्ने छु । क्यानको निलम्बन फुकुवा हुनसक्नेमा म आशावादी छु । तर केही शर्तहरु बाँकी रहन सक्छन्,’ उनले भने ।


आईसीसीसँगको भेट अघि नै भाइरस ननिस्किएमा क्यानको विवाद यसै साता टुंगो लाग्ने सदस्य सचिव सिलवालका दाबी थियो ।

प्रकाशित : भाद्र ३०, २०७६ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?