१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

आर्सनल बराबरीमा रोकियो

एएफपी

लन्डन — व्यवस्थापकका रूपमा सान्चेज फ्लोरेजको वाटफोर्ड फर्काइ आइतबार राति सुखद रह्यो । वाटफोर्डको घरेलु मैदान भिकारेज रोडमा भएको इंग्लिस प्रिमियर लिगको खेलमा आर्सनलले दुई गोलको अग्रता लिएर पनि अन्त्यमा २–२ को बराबरीमा रोकियो ।

आर्सनल बराबरीमा रोकियो

पहिलो हाफमा पिएरे इमिरेक अबामेयाङले दुई गोल गरेपछि आर्सनल आरामदायी जितसँगै तीन अंक बटुल्ने स्थितिमा पुगेको थियो । तर गत साता मात्र दोस्रो पल्ट टिममा फर्केका फ्लोरेसले आफ्नो टिमलाई खेलमा फर्कन प्रेरित गरे ।


सुरुआती चार खेलबाट एक अंक मात्र बटुलेपछि वाटफोर्डले प्रशिक्षक ज्याभी गार्सियालाई वर्खास्त गरेको थियो र उनको स्थानमा फ्लोरेस आएका हुन् । बराबरीका लागि आर्सनलको दोस्रो हाफमा कमजोर प्रदर्शन पनि उत्तिकै जिम्मेवार रह्यो ।


टम क्लेभरलीले वाटफोर्डका लागि पहिलो गोल गरेयता रोबर्टो परेराले पेनाल्टीबाट दोस्रो गोल थपे । यसअघि दिनको पहिलो खेलमा बर्नमाउथले एभरटनलाई ३–१ ले हराएको थियो ।

प्रकाशित : भाद्र ३०, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?