कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

दोस्रो जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु

एलपी देवकोटा

जुम्ला — कर्णालीमै दोस्रोपटक आयोजना गरिएको जुम्ला रारा–अल्ट्रा म्याराथन आइतबारबाट सुरु भएको छ । बिहान ७ बजे चन्दननाथ भैरवनाथ मन्दिरको अगाडिबाट म्याराथन सुरु भएको हो । 

दोस्रो जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु

म्याराथनमा भोजपुर, बुटवल, पोखरा, गोरखा, काठमाडौं, भक्तपुर, पूर्वी रुकुमका खेलाडीसँगै भारत, अमेरिका र बेलायती नागरिक पनि सहभागी छन् । उनीहरुले जुम्लादेखि रारासम्मको ४९ किलोमिटर दूरी पार गर्नेछन् ।

कर्णालीमा खेल पर्यटनको विकास गर्न म्याराथन एक माध्यम बन्ने आयोजक कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनले भने, ‘त्रिभुवन आर्मीक्लबका खेलाडी पनि म्याराथनमा सहभागी छन् । भारत, अमेरिका र बेलायतका खेलाडी पनि जुम्ला रारा अल्ट्रा म्याराथनमा भागि लिन जुम्ला पुगेका छन् । उनीहरु पनि म्याराथनमा सहभागी छन् ।’


अन्तराष्ट्रिय स्तरको प्रतियोगिता जुम्लामा हुनुले साहसिक पर्यटन प्रवर्द्धनमा ठूलो योगदान दिने आयोजक कर्णाली स्पोर्टस् क्लबले जनाएको छ ।

यो म्याराथन देशका पाँचवटा ठूला प्रतियोगितामध्ये एउटा हो । जुन गोल्डेन वर्ल्ड ट्रेल सिरिजको सेमिफाइनल रेस हो । जुम्ला रारा अल्ट्रा म्याराथन गोल्डेन वर्ल्ड ट्रेल सिरिजको हिस्सा हुनु गौरवपूर्ण उपलब्धि भएको अन्तराष्ट्रिय धावक एवं प्रशिक्षक हरि रोकायाले बताए । ‘अक्टोबरमा अन्नपूर्णमा पहिलोपटक विश्व विख्यात गोल्डेन वर्ल्ड ट्रेल सिरिज हुँदैछ,’ उनले भने । यो म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुने ३ महिला र ३ तीन पुरुषले उक्त सिरिजमा सहभागी हुन पाउने छन् ।

खेलाडीहरुलाई तीन ठाँउमा हलुका खाजाको व्यवस्था गरिएको छ । प्रति खेलाडी तीन लाख सम्मको दुर्घटना बिमासमेत गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?