कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रियल र बार्सिलोना दुवै विजयी

एएफपी

म्याड्रिड — करिम बेन्जेमाले दुई गोल गरेपछि स्पेनी ला लिगामा रियल म्याड्रिडले शनिबार लेभान्टेलाई ३–२ ले हरायो । त्यस खेलमा रियलका लागि एडेन हेजार्डले लिगमा डेब्यु पनि गरे ।

रियल र बार्सिलोना दुवै विजयी

बार्सिलोनाले अर्को खेलमा भ्यालेन्सियालाई ५–२ ले पन्छायो । त्यसमा बार्सिलोनाका १६ वर्षीय खेलाडी आन्सु फाटीले फेरि चमत्कारी खेल प्रदर्शन गरे ।

बर्नाबाउमा भएको खेलमा रियलले सेसेमिरोको गोलले अग्रता लिएइता बेन्जेमाले छ मिनेटको अन्तरमा दुई गोल गरे । तर लेभान्टेले बलियो पुर्नरआगमन गर्दै दुई गोल फर्काए । यसअघिका दुवै खेल जितेको लेभान्टेका लागि बोरजा मायोरल र गोन्जालो मेलेरोले गोल गरे । ‘दोस्रो हाफमा हामीले आज संघर्ष गर्नु पर्‌यो । तर खेलमा प्राप्त जितले हामीलाई उत्साहित बनाएको छ,’ रियल प्रशिक्षक जिनेदिन जिदानले भने ।

एटलेटिको म्याड्रिडले अर्को खेलमा रियल सोसिडाडलाई २–० ले हरायो । नु क्याम्पमा प्राप्त जितमा भने लियोनल मेसी दर्शक दीर्घामा थिए र उनकै अगाडि किशोर खेलाडी फाटीले सुरुआत गोल गरे र लगतै अर्को गोलका लागि सहयोगी भूमिका निभाए । एक घन्टाका खेलपछि मैदान छाड्दा घरेलु दर्शकले उनलाई उठेर अभिवादन गरेका थिए ।

प्रकाशित : भाद्र २९, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?