रियल र बार्सिलोना दुवै विजयी

एएफपी

म्याड्रिड — करिम बेन्जेमाले दुई गोल गरेपछि स्पेनी ला लिगामा रियल म्याड्रिडले शनिबार लेभान्टेलाई ३–२ ले हरायो । त्यस खेलमा रियलका लागि एडेन हेजार्डले लिगमा डेब्यु पनि गरे ।

बार्सिलोनाले अर्को खेलमा भ्यालेन्सियालाई ५–२ ले पन्छायो। त्यसमा बार्सिलोनाका १६ वर्षीय खेलाडी आन्सु फाटीले फेरि चमत्कारी खेल प्रदर्शन गरे।

बर्नाबाउमा भएको खेलमा रियलले सेसेमिरोको गोलले अग्रता लिएइता बेन्जेमाले छ मिनेटको अन्तरमा दुई गोल गरे। तर लेभान्टेले बलियो पुर्नरआगमन गर्दै दुई गोल फर्काए। यसअघिका दुवै खेल जितेको लेभान्टेका लागि बोरजा मायोरल र गोन्जालो मेलेरोले गोल गरे। ‘दोस्रो हाफमा हामीले आज संघर्ष गर्नु पर्‌यो। तर खेलमा प्राप्त जितले हामीलाई उत्साहित बनाएको छ,’ रियल प्रशिक्षक जिनेदिन जिदानले भने।

एटलेटिको म्याड्रिडले अर्को खेलमा रियल सोसिडाडलाई २–० ले हरायो। नु क्याम्पमा प्राप्त जितमा भने लियोनल मेसी दर्शक दीर्घामा थिए र उनकै अगाडि किशोर खेलाडी फाटीले सुरुआत गोल गरे र लगतै अर्को गोलका लागि सहयोगी भूमिका निभाए। एक घन्टाका खेलपछि मैदान छाड्दा घरेलु दर्शकले उनलाई उठेर अभिवादन गरेका थिए।

प्रकाशित : भाद्र २९, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

नरविचसँग सिटी स्तब्ध

एएफपी

लन्डन — म्यानचेस्टर सिटीले शनिबार राति इंग्लिस प्रिमियर लिगमा जनवरीयताको पहिलो हार बेहोरेको छ । उसलाई हालै बढुवा पाएको नरविच सिटीले ३–२ ले स्तब्ध पार्‌यो ।

सिटीको यो हारपछि लिग तालिकामा लिभरपुलले पाँच अंकको अग्रता खोलेको छ। यसअघि लिभरपुलले न्युकासल युनाइटेडलाई ३–१ ले हराएको थियो।

यस्तै टोटनहमले क्रिस्टल प्यालेस तथा चेल्सीले उल्भ्समाथि प्रभावशाली जित निकालेको थियो। म्यानचेस्टर युनाइेटडले पनि तीन बहुमूल्य अंकका लागि लेस्टर सिटीलाई १–० ले पन्छायो। पूरा दिनको खेलको सबैभन्दा ठूलो विजेता भने लिभरपुल रह्यो। क्यारो रोडमा भएको खेलमा सिटीको कमजोर रक्षापंक्ति छर्लङ देखिएको थियो।

‘आज पक्कै पनि क्लबका लागि विशेष दिन सावित भयो,’ नरविचका प्रशिक्ष्ँक ड्यानिएल फार्केले भने। उसका लागि केनी म्याकलिन र टड कान्टवेलले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। लगतै सिटीका तर्फबाट सर्जियो एगुरोले एक गोल फर्काए। तर टिमु पुकिले नरविचका लागि तेस्रो गोल थपे। खेलको अन्त्यतिर रोडरीले सिटीका लागि सान्त्वता गोल गरे।

प्रकाशित : भाद्र २९, २०७६ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्