नरविचसँग सिटी स्तब्ध

एएफपी

लन्डन — म्यानचेस्टर सिटीले शनिबार राति इंग्लिस प्रिमियर लिगमा जनवरीयताको पहिलो हार बेहोरेको छ । उसलाई हालै बढुवा पाएको नरविच सिटीले ३–२ ले स्तब्ध पार्‌यो ।

सिटीको यो हारपछि लिग तालिकामा लिभरपुलले पाँच अंकको अग्रता खोलेको छ । यसअघि लिभरपुलले न्युकासल युनाइटेडलाई ३–१ ले हराएको थियो ।


यस्तै टोटनहमले क्रिस्टल प्यालेस तथा चेल्सीले उल्भ्समाथि प्रभावशाली जित निकालेको थियो । म्यानचेस्टर युनाइेटडले पनि तीन बहुमूल्य अंकका लागि लेस्टर सिटीलाई १–० ले पन्छायो । पूरा दिनको खेलको सबैभन्दा ठूलो विजेता भने लिभरपुल रह्यो । क्यारो रोडमा भएको खेलमा सिटीको कमजोर रक्षापंक्ति छर्लङ देखिएको थियो ।


‘आज पक्कै पनि क्लबका लागि विशेष दिन सावित भयो,’ नरविचका प्रशिक्ष्ँक ड्यानिएल फार्केले भने । उसका लागि केनी म्याकलिन र टड कान्टवेलले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । लगतै सिटीका तर्फबाट सर्जियो एगुरोले एक गोल फर्काए । तर टिमु पुकिले नरविचका लागि तेस्रो गोल थपे । खेलको अन्त्यतिर रोडरीले सिटीका लागि सान्त्वता गोल गरे ।

प्रकाशित : भाद्र २९, २०७६ ०७:४८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

रासस

चितवन — पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तामाङको मृत्यु भएको हो । यस्तै कालिका नगरपालिका–७ गैँडाखोलामा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो ।
प्रहरीका अनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको युपी२१सीएन ३१८८ जी नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना१२प ४९०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करका कारण मोटरसाइकल चालक घाइते तामाङको उपचारका क्रममा मृत्यु भएको हो । यस्तै सोही मोटरसाइकलमा सवार राप्ती नगरपालिका–१ का १४ वर्षीय उत्सव श्रेष्ठ घाइते भएका छन् । घाइते श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने अवस्था मध्यम छ ।
यस्तै कालिका नगरपालिका–७ गैँडाखोलास्थित भित्री सडकखण्डमा जुटपानीबाट क्लबचोकतर्फ आउँदै गरेको ना३त १३३५ नंको ट्र्याक्टरले विपरीत दिशातर्फ गइरहेको ना४१प ९८४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सोही स्थान बस्ने ३० वर्षीय मुकेश पौडेल घाइते भएका छन् ।

घाइते पौडेलको अवस्था खतरामुक्त रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : भाद्र २९, २०७६ ०७:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×