नाडेज्दा कप : नेपाल फेरि फाइनलमा पराजित

साबित्राको ३५ औं गोल, किर्तिमान बराबरी
राजु घिसिङ

काठमाडौँ — नेपाली महिला राष्ट्रिय फुटबल टिम किर्गिस्तानको काराकोलमा भएको नाडेज्दा कपमा पनि उपविजेतामै सीमित भएको छ । बिहीबार भएको फाइनलमा नेपाललाई ३–२ ले हराएर उज्वेकिस्तान च्याम्पियन भयो । यसमा दुई गोल गर्दै सावित्रा भण्डारी नेपालको लागि सर्वाधिक ३५ गोल गरेकी अनु लामाको कीर्तिमान बराबरी गरिन् ।

नाडेज्दा कप : नेपाल फेरि फाइनलमा पराजित

१३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा किर्गिस्तान पुगेको नेपाली टिमविरुद्ध फाइनलमा उज्वेकिस्तानले ६४ मिनेटभित्र ३–० को अग्रता लिएको थियो । त्यसपछि सावित्राले दुई गोल गरेकी थिइन् । उनले ६७ औं मिनेट र इन्ज्युरी टाइममा प्राप्त पेनाल्टीमा गोल गरेकी थिइन् ।


पहिलो अन्तर्राष्ट्रिय उपाधिको प्रतीक्षामा रहेको नेपाली महिला टिम यो वर्ष (सन् २०१९) मा तेस्रोपल्ट र समग्रमा आठौंपल्ट फाइनलमा पराजित भएको हो । फिफा वरीयतामा ५७ स्थानमाथिको टिमविरुद्ध लिग चरणको भेटमा पनि उज्वेकिस्तानले नेपाललाई २–० ले हराएको थियो । ४ देश सहभागी प्रतियोगितामा उज्वेकिस्तान र नेपाल राउन्ड रोबिन लिगमा पहिलो र दोस्रो स्थानमा रहँदै उपाधि होडमा पुगेका थिए ।

प्रकाशित : भाद्र २६, २०७६ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?