ओलम्पिक कमिटीको निर्वाचन भदौ २८ मा 

काठमाडौँ — नेपाल ओलम्पिक कमिटीको निर्वाचन शनिबार हुने भएको छ । सर्वोच्च अदालतले बाटो खोलिदिएपछि भदौ २८ गते निर्वाचन हुने भएको हो ।

ओलम्पिक कमिटीको निर्वाचन भदौ २८ मा 

शनिबार बिहान ८ बजेदेखि सातदोबाटोस्थित कार्यालयमा निर्वाचन हुने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

निर्वाचनमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसिया पर्यवेक्षणमा सहभागी हुने छन् ।

यसअघि नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको निर्वाचनको मतदान कार्यक्रम भदौ २० गते तोकिएको थियो । निर्वाचन स्थगित गर्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले भदौ १७ गते अन्तरिम आदेश दिँदै निर्वाचन नगर्न आदेश गरेको थियो ।

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ मैदानमा छन् ।

यी पनि पढ्नुहोस्...

ओलम्पिक कमिटीको निर्वाचनको बाटो खुला

ओलम्पिक कमिटीको चुनाव स्थगित

सर्वोच्चको अन्तरिम आदेश : ओलम्पिक चुनाव अन्योलमा

प्रकाशित : भाद्र २६, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?