शीर्ष खेलाडीलाई सफलता

सुम्निमा चाम्लिङ

इटहरी — आर्मीका रत्नजित तामाङ, एपीएफका दीपेश धामी, भोजपुरका विकास श्रेष्ठ र आर्मीका नवीन श्रेष्ठ नवौं पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टनको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् । 

उच्च १६ वरीयताका खेलाडीबीच भएको लिग खेलमा चारै खेलाडी आ–आफनो समूहमा शीर्ष स्थानमा रहँदै अगाडि बढेका हुन् । अब दीपेशले आर्मीका रुकेश महर्जन तथा नवीनले आफ्नै टिमका प्रफुल्ल महर्जनसँग प्रतिस्पर्धा गर्नेछन् ।


समूह ‘ए’ का रत्नले समूह ‘सी’ का उपविजेता पुलिसका सुनिल जोशी तथा समूह ‘सी’ का विजेता विकासले समूह ‘ए’ का उपविजेता पुलिसका जीवन आचार्यसँग प्रतिस्पर्धा गर्नेछन् । रत्नले जीवनलाई २१–६, २१–१०, एपीएफका सुमन लिम्बुलाई २१–१०, २१–१३ तथा गौतमसिंह कठायतलाई १९–२१, २१–९, २१–१४ ले हराए ।


जीवनले एपीएफका सुमनलाई २१–१८, २४–२२ ले र गौतमसिंहलाई १५–२१, २१–१९, २१–१४ ले हराए । गौतमले सुमनलाई २१–१५, २१–१५ ले रोके । समूह ‘बी’ मा दीपेशले प्रफुललाई २१–१९, २१–९ ले र बाँकेका इरफान अन्सारीलाई २१–१४, २१–१४ ले हराए भने प्रफुलले इरफानविरुद्ध २१–११, २१–१५ को जित पाए ।


समूह ‘सी’ मा पूर्व राष्ट्रिय च्याम्पियन विकासले एपीएफका विजित थापामगरलाई २१–१५, २१–९ ले र पुलिसका सुनील जोशीलाई २१–१७, २१–१४ ले तथा सुनीलले विजितलाई २१–१६, २१–९ ले हराए । समूह ‘डी’ मा नवीन श्रेष्ठले रुकेशलाई २१–१५, २१–१० ले हराए भने पुलिसका विष्णु कटुवालबाट वाकओभर पाए । विष्णुले अस्वस्थताका कारण खेल त्यागेका थिए ।


महिलातर्फ एकल खेलमा एपीएफकी जेशिका गुरुङ र सुनैना मुखिया र आर्मीकी अनुमाया राईले अन्तिम आठमा स्थान सुरक्षित गरेका छन् । जेशिकाले एपीएफकी शोभा गौचनलाई २१–८, २१–१२ ले र मोरङकी सीमा राजवंशीलाई २१–१८, २४–२२ ले पराजित गरिन् ।


जेशिकाले आर्मीकी रन्जना भट्टसँग खेल्ने छिन् । एपीएफकी सुनैना मुखियाले रन्जनालाई २१–१९, २१–१४ ले र अमिता गिरीलाई २१–१७, २२–२० ले हराइन् । सुनैनाले सीमासँग प्रतिपर्धा गर्नेछिन् । रन्जनाले अमितालाई २१–१२, २१–१८ ले हराइन् ।


अनुमायाले मोरङकी नीता लम्साललाई २१–१७, २७–२५ ले र भोजपुरकी सीता राईलाई १९–२१, २१–१७, २१–१२ ले हराइन् । समूह ‘ए’ मा राष्ट्रिय च्याम्पियन रशिला महर्जनले बाँकेकी सम्झना शर्मालाई २१–११, २१–१३ ले हराइन् । महिला खुला एकलतर्फ मनीषा खड्का, सुर्खेतकी पुष्पा शाही, बाँकेकी सुष्मा श्रेष्ठ, एपीएफकी निकिता लामा, कैलालीकी प्रार्थना देउवा र रूपन्देहीकी सुन्दरी थारु अन्तिम आठमा पुगेका छन् ।


इटहरीस्थित कभर्डहलमा पुरुष खुलातर्फ सेनाका पविन लिनथेप, गोकुल जोरा र दिवश शंकर, कैलालीका अमृत चौधरी र देवराज राना, बाँकेका रियाज अन्सारी, ललितपुरका शशिन डंगोल, बुढासुब्बाका सुजन श्रेष्ठ र प्रनिशसिंह ठकुरी, एपीएफका प्रियांसुसिंह क्षेत्री, इन्द्र महता, पेम्बा शेर्पा र निराजन देवकोटा, पुलिसका गौरव दाहाल र पूर्णबहादुर थापा तथा रूपन्देहीका किरण विष्ट प्रिक्वाटरमा पुगेका छन् ।


छात्र यू–१७ तर्फ एपीएफका पेम्बा शेर्पा र प्रियांसुसिंह क्षेत्री, कैलालीका जेबी साउद र अमृत चौधरी, कञ्चनपुरका हिमाल चन्द, दाङका सुरज गुप्ता, सफिक ईद्रिसी र हिमांशु कुँवर, ताप्लेजुङका मिलिङ गुरुङ, कपिलबस्तुका रोहित बराल, आर्मीका भोजबहादुर गुरुङ, दिवश शंकर र गोकुल जोरा, सुर्खेतका नरेन्द्र बम, बुढासुब्बाका सत्यम सुब्बा र सुनसरीका शशांक सुब्बाले सफलता पाएका छन् ।

प्रकाशित : भाद्र २६, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?