१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

रासस

काठमाडौँ — श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।एसिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली बुधबार नेपाल आइपुगेको हो ।

समूह चरणमा तीन खेल खेलेको नेपालले एक खेलमा जीत तथा दुई खेलमा हार बेहोरेको थियो । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले यूएईलाई १६० रनले पराजित गर्दै सान्त्वना जीत निकालेको थियो ।


त्यस्तै नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग पाँच विकेटको हार व्यहोरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।


समूह ‘बी’ मा रहेको नेपालले तीन खेलमा दुई अंक जोडेको थियो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो । यस समूहबाट श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएको छ ।

प्रकाशित : भाद्र २५, २०७६ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?