१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

लिगलिकोट–सिरानचोक–गोरखा दरबार म्याराथनको उपाधि गुरुङलाई

हरिराम उप्रेती

गोरखा — लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथनको उपाधि गोरखा आरुघाट गाउँपालिका थुमिका ३७ वर्षीय भिमबहादुर गुरुङले जितेका छन् । लिगलिगकोटदेखि गोरखा दरबारसम्मको ४२ किलोमिटर दौड उनले तीन घण्टा १७ मिनेट दुई सेकेण्डमा पार गरे । उनी नेपाली सेनाको कालीबहादुर गणबाट अवकाश प्राप्त सेना हुन् ।

लिगलिकोट–सिरानचोक–गोरखा दरबार म्याराथनको उपाधि गुरुङलाई
लिगलिकोट–सिरानचोक–गोरखा दरबार म्याराथनको उपाधि गुरुङलाई

लिगलिगकोटबाट द्रव्य शाहले गोरखा दरबार विजयको लागी प्रयोग गरेको पदमार्गलाई आधार बनाएर दौड प्रतियोगिताको आयोजना भएको हो । शाह वंशीय राजाका संस्थापक द्रव्य शाहले १६१६ को भाद्र २५ गते पस्लाङ चौतारामा राज्यभिषेक गरेको इतिहासमा उल्लेख छ । नेपाल राज्य उत्पत्तिदेखि जगसम्मको अवधारणालाई आधार बनाएर प्रतियोगिताको आयोजना भएको हो । लिगलिगकोट नेपाल राज्यको उत्पत्ति भएको ठाउँ र गोरखा दरबार नेपाल राज्य स्थापनाको जग भएको विश्लेषण गरिएको छ ।

लिगलिकोट–सिरानचोक–गोरखा दरबार म्याराथनको उपाधि गुरुङलाई

लिगलिगकोटबाट गोरखा दरबारसम्मको दौड प्रतियोगितामा भाग लिन पाउँदा उत्साहित भएको दौड विजेता गुरुङले बताए । उनले भने,‘टप टेनसम्म भेट्टाउँछु भन्ने लक्ष्य थियो, विनर नै हुन पाउँदा अझै खुसी लागिरहेको छ ।’ विभिन्न प्रतियोगितामा भाग लिएर सय भन्दा बढी मेडल प्राप्त गरिसकेको उनले बताए । ‘रोड रनिङ भन्दा ट्रेल रनिङ तर्फ आकर्षण बिढिरहेको छ,’ उनले भने, ‘डाँडाहरुको भ्यू हेर्दै रेस गर्न धावकहरु मन पराउँछन्, इतिहास सँग जोडिएको लिगलिगकोट-गोरखादरबार ट्रेल पनि साह्रै राम्रो रहेछ ।’

लिगलिकोट–सिरानचोक–गोरखा दरबार म्याराथनको उपाधि गुरुङलाई

तीन घण्टा १७ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै रुकुमका दुर्गाराज बुढा दोस्रो भए । तेस्रो भएका रणवम दल गणका सविन तामाङले तीन घण्टा ३० मिनेट दुई सेकेण्डमा निर्धारित दुरी पार गरे । तीन घण्टा ३० मिनेट ४७ सेकेण्डमा निर्धारित दुरी पार गरेका तनहुँका सुरेन्द्र चापागाईं चौथो भए । प्रतियोगितामा १ सय १४ धावकले भाग लिएका थिए ।प्रतियोगितामा पहिलो हुनेले एक लाख ५० हजार, दोस्रो हुनेले एक लाख, तेस्रोले ७५ हजार नगद पुरस्कार प्राप्त गरे । दशौं स्थान सम्मका प्रतियोगीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

लिगलिकोट–सिरानचोक–गोरखा दरबार म्याराथनको उपाधि गुरुङलाई

पालुङटार नगपालिका-२ लिगलिगकोटबाट बिहान ७ बजेर १० मिनेटमा दौड सुरु भएको थियो । प्रतियोगिताका लागि लिगलिगकोट, सिरानचोक गाउँपालिकाको हर्मी, चित्रेपोखरी गोरखा दरबारमासम्मको दुरी निर्धारण गरिएको थियो । भ्रमण वर्ष २०२० लाई लक्षित गरि ऐतिहासिक पदमार्गलाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले बताए ।

लिगलिकोट–सिरानचोक–गोरखा दरबार म्याराथनको उपाधि गुरुङलाई

प्रत्येक वर्ष दौडलाई निरन्तरता दिँदै ऐतिहासिक पदमार्गको रुपमा विकास गर्ने योजना स्थानीय तहको छ । दौडको सुरुआत हुने ठाउँ लिगलिगकोट शाह वंशीय राजा द्रव्य शाहले १६६५ मा दौडिएर राज्य सञ्चालन गरेको स्थल हो ।

लिगलिकोट–सिरानचोक–गोरखा दरबार म्याराथनको उपाधि गुरुङलाई

प्रकाशित : भाद्र २५, २०७६ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?