कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली महिला टिम नाडेज्दा कपको फाइनलमा

राजु घिसिङ

काठमाडौँ — नेपाली महिला राष्ट्रिय फुटबल टिम ताजिकिस्तानलाई १-० ले हराएर मंगलबार नाडेज्दा कपको फाइनलमा प्रवेश गरेको छ ।
किर्गिस्तानको काराकोलमा भइरहेको प्रतियोगितामा लिग चरणको अन्तिम खेलमा नेपालले फरवार्ड सावित्रा भण्डारीको हेडर गोलसँगै तीन अंक हासिल गर्दै फाइनल यात्रा पक्का गरेको हो ।

नेपाली महिला टिम नाडेज्दा कपको फाइनलमा

उनले डिफेन्डर गीता रानाको फ्रि-किकमा हेडद्वारा ८६ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । फाइनल पुग्नको लागि नेपाललाई ताजिकिस्तानविरुद्ध जित वा बराबरी नतिजा आवश्यक थियो ।


नेपालले बिहीबार हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ । चार देश सहभागी प्रतियोगितामा सबभन्दा माथिल्लो वरीयताको उज्वेकिस्तान निरन्तर जितसहित एक खेल अगावै फाइनलमा पुगेको थियो । त्यस क्रममा उसले नेपाललाई २-० ले हराएको थियो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा किर्गिस्तान पुगेको नेपाली टिमले पहिलो खेलमा आयोजक कीर्गिस्तानलाई ८-२ ले पराजित गरेको थियो ।

प्रकाशित : भाद्र २४, २०७६ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?