कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

डब्लूसीएल असोज २९ देखि

काठमाडौँ — महिला क्रिकेट लिगमा पहिलो ड्राफ्ट गरिएको फ्रेन्चाइज वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) ट्वान्टी–२० क्रिकेट असोज २९ देखि हुने भएको छ । क्विन्स इभेन्टको आयोजनामा हुने भनिएको डब्लूसीएल समय र मैदान अभावसँग जुध्दै आएको प्रतियोगिता कात्तिक ७ सम्म चल्नेछ ।

क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामाले सोमबार विज्ञप्तिमार्फत नयाँ मिति जानकारी गराएका हुन् । नेपाली महिला क्रिकेटमा पहिलो पटक फ्रेन्चाइजवेसमा हुन लागेको प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । प्रतियोगिताका लागि ५ फ्रेन्चाइज टोली, ५ मार्की खेलाडी र ड्राफ्टबाट ५५ खेलाडी लिइसकेको छ ।


पोखरा पल्टनले सीता रानामगर, ललितपुर फाल्कन्सले नेरी थापा, चितवन राइनोजले इन्दु वर्मा, विराटनगर टाइटन्सले सरिता मगर तथा क्विन्स काठमाडौंले रुबिना क्षेत्रीलाई मार्की खेलाडीमा लिएका छन् । वाइल्ड कार्डबाट २–२ खेलाडी लिन बाँकी नै रहेको छ ।


चार महिनाअघि ड्राफ्टबाट ममता चौधरी, करुणा भण्डारी, रेखा रावल, सन्तोषी चौधरी, सोनु खड्का, आरती बिँडारी, अप्सरी बेगम र रोमा थापाले ७५–७५ हजार रुपैयाँ भाउ पाएका थिए । आयोजक क्विन्स इभेन्टले पोखरामा गत वर्षदेखि पुरुषको पोखरा प्रिमियर लिग आयोजना गरेको थियो ।

प्रकाशित : भाद्र २४, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?