१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धेरै खेल्न चाहन्छन् नाडल

एएफपी

न्युयोर्क — भावनात्मक बनेका राफेल नाडलले बढी ग्रान्ड स्लाम जितेर रोजर फेडेररलाई उछिन्नु भन्दा उच्च खेलाडीमध्ये सबैभन्दा बढी लामो समय टेनिस खेल्ने आफ्नो उद्देश्य रहेको सोमबार बताएका छन् । उनलाई विश्व नम्बर एक वरीयताको पनि खासै लोभ छैन ।

धेरै खेल्न चाहन्छन् नाडल

स्पेनका ३३ वर्षीय बायाँ हाते नाडलले १९ औं ग्रान्ड स्लाम उपाधिको रूपमा यूएस ओपन जिते ।


यो उनको चौथो यूएस ओपन रह्यो । यसका लागि उनले आर्थर एस स्टेडियममा डानियल मेदभेदेभलाई ७–६, ६–३, ५–७, ४–६, ६–४ ले हराए । यसका लागि उनले चार घण्टा ५० मिनेट कोर्टमा बिताए । ‘म निकै खुसी छु, यो यूएस ओपन ट्रफीको मेरो लागि धेरै महत्त्व छ,’ नाडलले भने, ‘आजको फाइनल निकै कडा प्रतिस्पर्धात्मक रह्यो । यस्तो खेलबाट खेलाडी मानसिक र शारीरिक दुवै रूपमा गल्ने गर्छ ।’


उनले अगाडि भने, ‘पूरा खेल मेरा लागि कहिले पनि नर्बिसिने क्षण रह्यो ।’ यो जितपछि नाडललाई सबैभन्दा बढी ग्रान्ड स्लाम जितेका फेडेररभन्दा एक उपाधिले मात्र पछाडि परेका छन् । यी दुई खेलाडी पछि नोभाक जोकोभिच तेस्रो स्थानमा छन् १६ ग्रान्ड स्लामसहित । तर दोस्रो वरीयताका नाडल भने चाहन्छन्, आफ्नो खेलजीवन अझ लामो होस् ।


‘पक्कै पनि म बढीभन्दा बढी उपाधि जित्न चाहन्छु । तर मेरो सोच यसमा मात्र छैन । म यसका लागि टेनिस खेल्ने पक्षमा छैन । किन म टेनिस खेल्छु भने मलाई यो खेल मनपर्छ ।


मलाई वास्तवमै टेनिस खेल्न मन पराउँछु । ग्रान्ड स्लाम मात्र सबै होइन, टेनिस आफैंमा ठूलो हो,’ उनले भने ।


जोकोभिचलाई उछिनेर वर्षका अन्त्यमा नम्बर एक हुने लोभले पनि नाडललाई तानेको छैन । उनले यसबारे भने, ‘मैले नम्बर एक हुन पनि खोजेको होइन । यो खेलेर प्राप्त हुने उपलब्धि हो । अब म यस्तो स्थितिमा पुगिसकें, जसका कारण मेरो खेलजीवनमा नम्बर एक हुनु र बढी ग्रान्ड स्लाम जित्नुले धेरै अर्थ राख्दैन । म धेरैभन्दा धेरै टेनिस खेल्न चाहन्छु र यसमै खुसी छु ।’

प्रकाशित : भाद्र २४, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?