कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एसिया कप : नेपालले बंगलादेशलाई दियो २६२ रनको चुनौती

रासस

काठमाडौँ — श्रील‌ंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई जितका लागि २६२ रनको चुनौती दिएको छ । 

एसिया कप : नेपालले बंगलादेशलाई दियो २६२ रनको चुनौती

कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६१ रनको योगफल बनायो । नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले ।


पवनले १०९ बलमा एक छक्का र आठ चौकाको मद्दतमा ८१ रनको योगदान दिए । त्यस्तै सन्दीपले ३७ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै ५६ रन जोडे । त्यस्तै रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्कीले २१ तथा कप्तान रोहित पौडेलले १४ रन बनाए ।


बंगलादेशका लागि तान्जिम हसन शकिब र साहिन आलमले समान २/२ विकेट लिए । नेपाललाई अघिल्लो चरण प्रवेशको लागि पनि बंगलादेश विरुद्धको खेलमा जित्नैपर्ने दबाव छ ।


यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलङ्कासँग पाँच विकेटले पराजित भएको थियो । बंगलादेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित : भाद्र २२, २०७६ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?