१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यू–१९ एसिया कप : नेपाल श्रीलंकासँग पराजित

कुशल तिमल्सिना

काठमाडौँ — नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल समूहको पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको छ । आर प्रेमदासा रंगशालामा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रनको सामान्य योगफल खडा गरेको थियो । वर्षाका कारण ओभर छोट्याइएको हो ।

यू–१९ एसिया कप : नेपाल श्रीलंकासँग पराजित

ओपनर पवन सर्राफ (४) र तेस्रो नम्बरमा आएका आसिफ शेख (७) सस्तैमा आउट भएपछि आएका कप्तान रोहित कुमार पौडेलसँग मिलेर अर्का ओपनर रीत गौतमले ९१ रनको साझेदारी गरेपछि नेपालको इनिङ्स उकासिएको हो ।


२९.१ ओभरमा रीतले ५४ रनको अर्धतशकीय योगदान गरी आउट भएपछि नेपाल ११५/३ को स्थितिमा थिया । उनले ८५ बलमा ४ चौका प्रहार गरे ।


लगत्तै रोहित पनि ८० बलमा १ चौकाको सहयोगमा ४७ रन बनाएर आउट भए । त्यसपछि नेपालले निरन्तर विकेट गुमाएको हो । भीम सार्की (१), कुशल मल्ल (२), कमल सिंह ऐरी (२) र सागर ढकाल (१)ले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । २२ बलमा १ छक्कासहित १५ रन जोडेका रशिद खान नटआउट रहे ।


श्रीलंकाका दिल्सान मधुशंका र नाभोद पारानाभिथानाले ३/३ विकेट लिए । रोहन सन्जय र एसियन ड्यानियलले १/१ विकेट बाँडे ।


जवाफमा ३३.४ ओभरमा श्रीलंकाले ५ विकेट गुमाएर १ सय ५९ रन बनायो । त्यसपछि वर्षाले खेल केहिबेर रोकिँदा श्रीलंकालाई विजयी घोषणा गरिएको हो ।


श्रीलंकाका ओपनर नाभोद पारानाभिथाना १२ रनको स्कोरमै रसिद खानको बलमा आउट भए पनि अर्का ओपनर कामिल मिश्राले ५५ रनको अर्धशतकीय योगदान गरे । रसिदकै बलमा भीम सार्कीको हातबाट क्याचआउट हुनुअघि उनले ६२ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।


रसन्था डी सिल्भा १५ रनको स्कोरमै सागर ढकालको बलमा बोल्ड भए । अहन विक्रमासिंगेले ३६ बलमा २ चौकाको सहयोगमा ३० रन जोडे । कप्तान निपुन दनन्जयले १८ रन योगदान गरे । आभिस्का थारिन्दु २५ रनमा नटआउट रहे ।


बलिङमा न्पोलका रसिदले २ विकेट लिँदा पवन सर्राफ, कमलसिंह ऐरी र सागर ढकालले १/१ विकेट लिए । समूह बी मा रहको नेपालले आफ्नो दोस्रो खेल आइतबार बंगलादेशसँग खेल्नेछ । शुक्रबारै भएको खेलमा बंगलादेशले युएईमाथि ६ विकेटको जित रचेको थियो ।

प्रकाशित : भाद्र २०, २०७६ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?