कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

टीपीएलमा स्टारहरू

सन्जु पौडेल

रूपन्देही — तिलोत्तमा क्रिकेट विकास समितिले असोज २५ बाट हुने तेस्रो संस्करणको सर्वोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग (टीपीएल) का लागि खेलाडी खरिद (अक्सन) पूरा गरेको छ । अक्सनबाट खरिद गरिएका खेलाडीले क्षमताअनुसारको पारि श्रमिक पाउने छन् । 

टीपीएलमा स्टारहरू

प्रदेशभरका १० टिम खेलाडी खरिदका लागि मंगलबार आयोजित अक्सनमा सहभागी भएका हुन् । २ सय ३९ खेलाडी अक्सनमा समावेश थिए । तीमध्ये १ सय ४० जनालाई विभिन्न टिमले खरिद गरे । सबै टिमका १० मार्की खेलाडी पहिले नै छनोट भइसकेका छन् । समितिका अनुसार प्रत्येक टिममा दुई राष्ट्रिय खेलाडी अनिवार्य गरिएको छ ।


प्रत्येक टिमले मार्की खेलाडीलाई २० हजार रुपैयाँ खर्चेका छन् । तीबाहेक अन्य खेलाडीका लागि न्युनतम ५ देखि बढीमा १५ हजारसम्म बोली लगाइएको थियो । रकम बढाबढ गरेर टिममा खेलाडी समावेश गराइएको प्रतियोगिताका सीईओ दीपक भुर्तेलले बताए । ‘टिममा समावेश हुने राष्ट्रिय खेलाडीको दररेट खरिद गर्ने टिमले निर्धारण गर्छ,’ उनले भने, ‘स्थानीय स्तरका खेलाडीका लागि यो अवसर हो ।’


भविष्यका लागि सम्भावना बोकेका खेलाडीलाई अक्सनमार्फत खेल्नका लागि अवसर प्रदान गरिएको उनले बताए । अक्सनमा समावेशमध्ये ८० खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेको मणिग्राम किंग्सका कप्तान कृष्ण भुसालले बताए । ‘यसरी छनोट गर्दा खेलाडीलाई राम्रो हुन्छ,’ उनले भने, ‘खेलाडीको दर उच्च हुन्छ र टिमले समावेश गराउन सके टिम पनि बलियो हुन्छ ।’ सधैं दुःख गर्ने खेलाडीले चाहेअनुसार पारि श्रमिक पाएमा खेलमा बढी मिहिनेत गर्ने उनले बताए ।


खेलमा रुचि भएर अघि बढ्न चाहने खेलाडीका लागि यस्ता लिग फाइदाजनक हुने राष्ट्रिय खेलाडी कृष्ण कार्कीले बताए । ‘नयाँ प्रतिभाले राम्रो खेल्न सके फड्को मार्ने अवसर हुन्छ,’ उनले भने, ‘यस्ता प्रतियोगिताले खेलाडीको प्रतिभा निखार्न र खेलाडी उत्पादन गर्न मदत गर्छ ।’


अन्तर्राष्ट्रिय स्तरमै खेल्ने खेलाडीले पनि चित्तबुझ्दो पारि श्रमिक पाएर यहाँ सहभागिता जनाउँदा आयोजक र सहभागी दुवैको गरिमा बढ्ने उनले बताए ।


प्रतियोगिताका लागि २५ लाख रुपैयाँ अनुमानित खर्च हुने क्रिकेट विकास समितिले जनाएको छ । सबै खेल तिलोत्तमा–६ स्थित नवजीवन खेल मैदानमा हुनेछ । टीपीएलको नयाँ प्रावधानअनुसार हरेक टिममा एक मार्की, एक प्रदेश ५ बाट राष्ट्रिय र एक राष्ट्रिय खेलाडी आवद्ध गर्न पाउने सीईओ भुर्तेलले बताए ।


विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ ट्रफी पाउनेछन् । म्यान अफ द सिरिजले २० हजार, उत्कृष्ट ब्याट्सम्यानले १० हजार, उत्कृष्ट बलरले १० हजार रुपैयाँ पाउने छन् । उदीयमान खेलाडीले ५ हजार, प्रत्येक खेलमा अर्धशतक प्रहार गर्नेले १ हजार रुपैयाँ पाउनेछन् । फेयर प्ले जित्नेले ४० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचह हुनेले १ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : भाद्र १८, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?