२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मन्थलीमा बहुद्देश्यीय कबर्डहल निर्माण गरिने

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको मन्थली नगरपालिकाको भुत्याहा खोला किनारमा बहुद्देश्यीय कबर्डहल निर्माण थालिएको छ । खेलकुदका साथै अन्य कार्यक्रम समेत गर्न मिल्ने गरी उक्त कबर्डहल निर्माण थालिएको हो । 

मन्थलीमा बहुद्देश्यीय कबर्डहल निर्माण गरिने

प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको उक्त कबर्डहलको प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले मंगलबार सिलन्यास गरेका छन् । उनले कबर्डहल तोकिएको समयमा निर्माण पुरा गर्नका लागि सम्बन्धित पक्षलाई निर्देशन गरे । विकास निर्माणका लागि अहिलेको युग स्वर्णीम भएको बताउँदै ढुंगेलले गुणस्तरिय निर्माण कार्य गर्नुपर्नेमा जोड दिए ।


‘विकास भएर मात्र पुग्दैन सूशासन पनि चाहिन्छ,’ ढुंगेलले भने, ‘त्यसका लागि योजना सम्बन्धि सम्पूर्ण विवरणसहितको बोर्ड राख्नुपर्छ ।’ सडक, स्वास्थ्य, कृषि, पशुपालन, खेलकुद, पर्यटन लगाएतको क्षेत्रमा प्रदेश सरकारले दर्जनौ योजना संचालनमा ल्याएको ढुंगेलको दाबि थियो ।


सार्वजनिक निर्माण कार्यान्वयन इकाई धुलिखेल काभ्रेका आयोजना प्रमुख पूर्णबहादुर दर्जीका अनुसार करिब १३ करोड १३ लाख ९० हजारको लागतमा निर्माण हुने उक्त कबर्डहलमा बास्केटबल, भलिबल, ब्याडमिन्टर, टेबुलटेनिस जस्ता खेल संचालन गर्नसक्ने क्षमता रहेको छ ।


अत्याधुनिक कबर्डलमा करिव १ हजार २ सय दर्शक अटाउन सक्ने हल हुनेछ । रिमोटले कुर्सि सार्ने प्रवृद्धिको उक्त हलमा वैवाहिक, धार्मिक, सांस्कृतिक र राजनीतिक सभाका लागि स्थान हुनेछ । जिल्लामा हालसम्म कबर्डहल छैन ।


जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले नगरका बहुआयमिक विकास गर्ने उद्देश्यले गौरवका योजना निर्माण थालिएको बताए ।

प्रदेश सरकारले यसै वर्षदेखि रंगशालाको निर्माणको समेत योजना अघि सारको छ । प्यारापिटसहितको रंगशाला मन्थलीको सानिमदौमा निर्माण हुने दर्जीले बताए । यस अघि फुलबल , भलिबल लगाएतका क्रियाकलाप संचालन गर्न स्थानको अभाव झेल्दै आएका खेलाडिहरु एकैपटक दुई ठुला योजना कार्यान्वयनमा आएकोमा हर्षित छन् ।


प्रकाशित : भाद्र १७, २०७६ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?