कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रियल र भिल्लारियलबीच बराबरी

एजेन्सी

म्याड्रिड — रियल म्याड्रिडले आइतबार राति स्पेनी ला लिगामा भिल्लारियलसँग २–२ को बराबरी खेलेको छ । रियलका लागि दुवै गोल गेराथ बेलले गरे । खेलको अन्त्यतिर उनी दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाड्न पनि बाध्य रहे ।

रियल र भिल्लारियलबीच बराबरी

भिल्लारियलका तर्फबाट मोरेनो र गोमेज बारनोडाडोले गोल गरेका थिए । रियल ५ अंकमा पाँचौं स्थानमा छ ।

यसअघि एटलेटिको म्याड्रिडले आइबरलाई ३–२ ले हराएर लिगको शीर्ष स्थान कब्जा गरेको थियो । लगातार जितपछि उसको तीन खेलबाट नौ अंक भएको छ ।

इटाली

मिलान–इन्टर मिलानले लगातार दोस्रो जितसँगै आइतबार राति इटालीको सिरी ए को शीर्ष स्थान कब्जा गरेको छ । उसले दुई खेलबाट ६ अंकका लागि कागलिरीलाई २–१ ले हरायो ।



प्रकाशित : भाद्र १६, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?