२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

सागलाई उसुबाट २२ छनोट

काठमाडौँ — आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई उसुबाट २२ खेलाडीको अन्तिम छनोट गरिएको छ । त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा शनिबार भएको छनोटबाट सान्सौंतर्फ पुरुषमा ८ तथा महिलामा ६ खेलाडी छानिए । थाउलोमा ४–४ पुरुष/महिला खेलाडी छनोट भए ।

सागलाई उसुबाट २२ छनोट

सान्सौं पुरुष ५२ केजीमा एपीएफका अशोक खालिङ, ५६ केजीमा एपीएफका अमर सुनार, ६० केजीमा एपीएफका मंगलप्रसाद थारु, ६५ केजीमा सुदूरपश्चिम प्रदेशका सुभाष भुल सेठी, ७० केजीमा आर्मीका चित्रसिंह ठकुरी, ७५ केजीमा आर्मीका पदम राई, ८० केजीमा एपीएफका निकेश श्रेष्ठ र ८५ केजीमा आर्मीका किरणसिंह साउद छनोट भए । महिला ५२ केजीमा आर्मीकी एलिना चौधरी, ५६ केजीमा प्रहरीकी जुनी राई, ६० केजीमा एपीएफकी निशा बिक, ६५ केजीमा एपीएफकी मनीषा रावत, ७० केजीमा आर्मीकी विन्दु पुन मगर र ७५ केजीमा आर्मीकी शिलु डंगोल छानिए ।


थाउलोतर्फ छाङ छ्वानमा विजय सिंजाली र सुस्मिता तामाङ, नान छ्वानमा दीपक हमाल र निमा घर्तीमगर तथा थाइची छ्वानमा हरिप्रसाद गोले र मीना ग्लान छनोट भए । ताओसु/कुन्सुमा विश्व बुढा मगर तथा चेन्सु/चियाङसुमा कविता थापा छनोट भए । दीपक कर्णाली र कविता एपीएफका हुन् भने बाँकी ६ आर्मीमा आबद्ध छन् ।


प्रकाशित : भाद्र १५, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?