कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिभरपुलको शतप्रतिशत सुरुआत

एजेन्सी

लन्डन — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार राति आफ्नो शतप्रतिशत सुरुआत कायम राखेको छ । यसक्रममा उसले बर्नलीलाई ३–० ले हरायो । 

लिभरपुलको शतप्रतिशत सुरुआत

बर्नलीको आत्मघाती गोलले अग्रता लिएको लिभरपुलका लागि त्यसयता साडियो माने र र रोबर्टो फिरमिनोले गोल गरे । यो जितपछि लिभरपुलको चार खेलबाट १२ अंक भएको छ र शीर्ष स्थानमा छ ।

यसअघि म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–० ले हराएर लिभरपुलमाथि दबाब सिर्जना गरेको थियो । डिफेन्डिङ च्याम्पियन सिटीको चार खेलबाट १० अंक छ ।


प्रकाशित : भाद्र १५, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?