बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी

म्याड्रिड — राम्रो सुरुआत लिन असफल बार्सिलोना शनिबार राति स्पेनी ला लिगामा ओसासुनाको हातबाट २–२ को बराबरीमा रोकिएको छ । सुरुमा पछाडि परेको बार्सिलोनाले त्यसयता एक गोलको अग्रता कायम राख्न सकेन् । 

ओसासुनाको तर्फबाट दुवै गोल रोबर्टो टोरेसले गरे । बार्सिलोनाका लागि भने अन्सु फाटी र आर्थरले गोल गरे । बार्सिलोना तीन खेलबाट चार अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित : भाद्र १५, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्

युभेन्ट्सले नेपोलीलाई हरायो

(एजेन्सी)

मिलान — इटालीको सिरी ए उपाधिका दुई प्रमुख दाबेदारको शनिबार रातिको खेलमा युभेन्ट्सले नेपोलीलाई ४–३ ले हराएको छ ।

डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले आफ्नो घरेलु मैदानमा यो रोमाञ्चक जित निकालेका हो ।

खेलको अन्तिम मिनेट कलिडोले गरेको आत्मघाती गोलमा युभेन्ट्सको जित सम्भव भएको हो । युभेन्ट्सको यो लगातार दोस्रँे जित हो र उसको छ अंक भएको छ ।

प्रकाशित : भाद्र १५, २०७६ ०७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्