पारा पावरलिफ्टिङ प्रशिक्षण

काठमाडौँ — राष्ट्रिय पारा पावरलिफ्टिङ संघको आयोजनामा पारा महिला पावरलिफ्टिङ प्रशिक्षण शुक्रबार सुरु भएको छ । नेपालमा पारा पावर लिफ्टिङ महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा नेपालका कम्मरमुनिका भाग कमजोर रहेका करिब २५ पारा खेलाडी र प्रशिक्षकले तीन दिन प्रशिक्षण लिने छन् । प्रशिक्षण कार्यक्रममा सहभागीलाई अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल मलेसियन नुर साहिदा माट शाहले सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिने छिन् । साहिदा १० वर्षदेखि पारा पावरलिफ्टिङमा लागिरहेकी छन् । 

विभिन्न देशमा विकलांग रहेका खेलाडीलाई हौसला प्रदान गर्दै उनीहरूमा आत्मविश्वासको विकास गर्दै पावरलिफ्टिङमा लगाउने उद्देश्यले कार्यक्रम भइरहेको र नेपालमा पनि यसको विकासका लागि आफू आएको उनले बताइन् । पारा खेलाडीको विकासमा आफूलाई अग्रस्थानमा उभ्याएको संस्था एजीआईटीओएस फाउन्डेसनको सहयोगमा कार्यक्रम भएको राष्ट्रिय पारा पावरलिफ्टिङ संघका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी गराए ।पारा पावरलिफ्टिङको विभिन्न १० शारीरिक तौल समूहमा एसियाली तथा ओलम्पिकमा प्रतियोगिता हुँदै आइरहेको छ ।

प्रकाशित : भाद्र १४, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?